सोमबार, माघ २१,२०८१ 10:55:07
IME remit
  • सोमबार, माघ २१,२०८१ 10:55:07
IME remit
Global IME Bank Limited

मौद्रिक नीति पारित गर्न राष्ट्र बैंकको बोर्ड बैठक बस्दै, आजै सार्वजनिक गरिने

Hyundai Nepal
मौद्रिक नीति पारित गर्न राष्ट्र बैंकको बोर्ड बैठक बस्दै, आजै सार्वजनिक गरिने
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। केन्द्रीय बैंकले मौद्रिक नीति पारित गर्न आज बिहान ८ बजे सञ्चालक समितिको बैठक डाकेको छ। सञ्चालक समितिले मौद्रिक नीति पारित गरेपछि आजै दिउँसो १ बजेभित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।  

यसअघि गत आइतबार ल्याउने भनेर ठिक्क पारिएको मौद्रिक नीति अन्तिम अवस्थामा तयारी नपुगेको भन्दै रद्द गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत मौद्रिक नीतिको मस्यौदाको विषयमा चासो राखेपछि र आफ्नो सचिवालयको राय समेत संलग्न हुनुपर्ने निर्देशन दिएपछि सार्वजनिकका लागि ठिक्क पारिएको मौद्रिक नीति स्थगित भएको थियो । 

Bizshala
CG Motors
Sagarmatha Cement

राष्ट्र बैंकले मौद्रिक नीतिलाई नै फाइनल गर्ने उदेश्यले गत शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक समेत बोलाईसकेको थियो । नयाँ सरकार गठन पछि लगानीकर्तामा उत्साह देखिएको र यसलाई निरन्तरता दिने उद्देश्यले थप लचक नीतिहरु संलग्न गर्नुपर्ने उच्च राजनीतिक नेतृत्वले महशुस गरेका कारण समेत मौद्रिक नीति केहि पछि धकेलिएको हो ।  

राष्ट्र बैंकको व्यवस्थापन समितिले मौद्रिक नीतिको मस्यौदा यसअघि नै पास गरिसकेकाले आज पुनः व्यवस्थापन समिति बैठक बस्ने छैन । यसर्थ आज सञ्चालक समितिबाट अनुमोदन भएपछि मौद्रिक नीति सार्वजनिक हुनेछ ।  

यसपालीको मौद्रिक नीतिलाई सेयर लगानीकर्ता लगायत उद्योगी व्यवसायीले निकै चासोको रुपमा लिएका छन् । सरकाले केही लचक मौद्रिक नीति ल्याउने संकेत गरेकाले सेयरबजारका लगानीकर्ता पूँजीबजार र लगानीमैत्री मौद्रिक नीति आउने अपेक्षामा छन् ।  

राष्ट्र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गरेका छन् भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताउँदै आएका छन् ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.