काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दुईवटा मनिचेञ्जरको कम्पनीको लाइसेन्स रद्द गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय विभागले लर्ड बुद्ध मनि एक्सचेञ्ज प्रालि र स्तुपा मनिचेञ्जर प्रालिको इजाजतपत्र रद्द गरेको हो ।
यी दुवै कम्पनीले तोकिएको समयमा नविकरण गर्न नसकेकाले इजाजतपत्र रद्द गरिएको हो । मनिचेञ्जर कम्पनीले म्याद समाप्त भएको मितिले तीन महिनाभित्र लाइसेन्स नविकरण गर्नुपर्ने हुन्छ ।
यी दुवै कम्पनीको काठमाण्डौको सुन्धारामा अवस्थित छन् ।

