काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दुईवटा भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ । राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज गरेको हो ।
झुक्तानी तथा फर्छ्योट ऐन, भुक्तानी तथा फर्छ्योट विनियमावली, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनका विभिन्न प्रावधानको उल्लङ्घन गरेको पाइएकाले ती भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले पेवेल नेपाल प्रालिलाई २०७७ असोज ११ मा र सजिलो पे पेमेन्टलाई २०७७ चैत १७ मा अनुमति दिएको थियो ।