मंगलवार, असार ९,२०८३ 05:41:34
Bizshala
  • मंगलवार, असार ९,२०८३ 05:41:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विश्व पौडेलले सिफारिस समितिबाट दिए राजीनामा, गभर्नर नियुक्तिलगत्तै फस्न सक्छन् कानूनी उल्झनमा

Laxmi Sunrise Bank Limited
विश्व पौडेलले सिफारिस समितिबाट दिए राजीनामा, गभर्नर नियुक्तिलगत्तै फस्न सक्छन् कानूनी उल्झनमा

काठमाण्डौ । गभर्नर सिफारिस समितिका सदस्य डा. विश्व पौडेलले पदबाट राजीनामा दिएका छन् ।  

उनलाई प्रमुख सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राष्टबैंकको गभर्नर बनाउने सहमति भएसँगै डा. पौडेलले सिफारिस समितिको सदस्य पदबाट राजीनामा दिएका हुन् । 

New Office
CG Motors
Garima Development Bank

अर्थ मन्त्रालयस्थित उच्च स्रोतका अनुसार डा. पौडेलले आज(आइतबार) नै गभर्नर सिफारिस समितिका अध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष राजीनामा बुझाएका हुन् ।  

ओली र देउवाले शनिवारको छलफलपछि डा. पौडेललाई कांग्रेसको सिफारिसमा गभर्नर बनाउने सहमति गरेका थिए । सोही सहमति कार्यान्वयनका क्रममा पौडेलले सिफारिस समितिको सदस्य पद त्यागेका हुन् ।  

उनलाई चैत दोश्रो साता राष्ट्रबैंकको १८ औं गभर्नर सिफारिस समितिको सदस्य पदमा नियुक्त गरिएको थियो । तर, गभर्नर सिफारिस समितिको एउटा पनि बैठक नबसी उनी सदस्यबाट विदा भएका हुन् ।  

यसअघि प्रमुख दलका शीर्ष नेताबीच केन्द्रीय बैंकबाट कार्यकारी निर्देशक पदबाट राजीनामा गरेका डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो । तर, भट्टको राजीनामा कामू गभर्नर निलम ढुंगानाले स्वीकृत नपरेपछि कानूनी उल्झन आउने भयका कारण उनको नामबाट प्रमुख नेताहरु पछाडि हटेका थिए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

डा. पौडेलले सिफारिस समितिबाट राजीनामा दिए पनि कांग्रेसको क्रियाशील सदस्य, महासमिति सदस्यमा भने यथावत छन् । राष्टबैंक ऐनले कुनै पनि दलको सदस्यता लिएको व्यक्ति गभर्नर बन्न नसक्ने परिकल्पना गरेको छ । यही व्यवस्थाका कारण पौडेल गभर्नरमा नियुक्त भएलगत्तै कानूनी उल्झनमा पर्ने देखिन्छ ।  

देउवा र ओलीबीच भोलि(सोमबार)को क्याबिनेटबाट गभर्नर सिफारिस समितिको रिक्त पद पूर्ति गरी आउँदो बिहीबार वा सम्भव भए भोलि नै नयाँ गभर्नर नियुक्त गर्ने सहमति भएको बुझिएको छ ।  

पढ्न छुट्यो कि ?

-सत्तारुढले नै गिजोले गभर्नर नियुक्ति प्रकरण, दम्भः दुईतिहाईको, नियुक्तिमा चाहिँ बलमिच्याईं

-गभर्नर बन्न सक्दैनन् डा. विश्व पौडेल, राष्ट्रबैंक ऐन बन्यो बाधक

 

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.