बुधबार, असार १८,२०८२ 05:42:25
  • बुधबार, असार १८,२०८२ 05:42:25
Global IME Bank Limited

‘सेञ्चुरी बैंकका २ पूर्व सीईओसहितका बैंकरलाई पक्राउ गर्दा सीआइबीले राष्ट्रबैंकसँग समन्वय गरेन’

Hyundai Nepal
‘सेञ्चुरी बैंकका २ पूर्व सीईओसहितका बैंकरलाई पक्राउ गर्दा सीआइबीले राष्ट्रबैंकसँग समन्वय गरेन’
Nabil Bank Limited

काठमाण्डौ । प्रभू बैंकमा बिलय भएको सेञ्चुरी कमर्सियल बैंकका २ पूर्व सीइओसहितका १० जना बैंकरलाई पक्राउ गरिएको विषयमा प्रहरीको विशेष अनुसन्धान ब्यूरो(सीआइबी)ले केन्द्रीय बैंकसँग कुनै समन्वय नगरेको पाइएको छ ।  

बिजशालासँग कुरा गर्दै केन्द्रीय बैंकका दुई उच्च अधिकारीले यस्तो खुलासा गरेका हुन् ।  

सीआइबीले संकटग्रस्त देउराली सहकारी संस्थालाई कमसल धितो राखेर बढी कर्जा प्रवाह गरेको प्रकरणमा संलग्नता रहेको भन्दै सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन सीइओहरु तुल्सी गौतम र मनोज न्यौपानेसहित १० जनालाई मंगलबार नियन्त्रणमा लिएको छ । उनीहरुविरुद्ध ७ दिन थुनामा राखी अनुसन्धान गर्न भन्दै अदालतले मंगलबार नै अनुमति दिइसकेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

बैंकिङ कसूरअन्तर्गत पक्राउ गरिएका गौतम र न्यौपानेसहितलाई पक्राउ गर्नुअघि केन्द्रीय बैंकसँग सीआइबीले कुनै पनि समन्वय नगरेको पाइएको हो ।  

यो केस हामीले सीआइबीलाई रेफर गरेको होइन । सहकारीमा भएको फ्रडको अनुसन्धान गर्ने क्रममा सीआइबीले उहाँहरुलाई नियन्त्रणमा लिएको हो । नाम नखुलाइदिन आग्रह गर्दै राष्ट्रबैंकका ती उच्च अधिकारीले बिजशालासँग भने ः हामी सबैले सीआइबीलाई अनुसन्धानमा सहयोग गर्नुपर्छ । राम्रो काम गर्ने र आफ्नो ठाउँमा सही बैंकरले अनुसन्धान हुँदैमा र पक्राउ पर्दैमा डराइहाल्नुहुँदैन । धैर्यतापूर्वक आफ्ना कुरा राखौं र अनुसन्धानलाई सहयोग गरौं ।  

अर्का अधिकारीले कतिपय बैंक तथा वित्तीय संस्थामा बग्रेल्ती कमीकमजोरी रहेको स्वीकार गर्नुपर्ने र गलत गर्नेलाई कारबाही हुन खोज्दा अत्तालिन नहुने दाबी गरे । ‘राम्रो गर्नेलाई प्रोत्साहन र गलत गर्नेलाई दुरुत्साहन गर्न सबैले सहयोग गर्नुपर्छ ।’ ती अधिकारीले भने ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.