शनिबार, असार १४,२०८२ 07:27:29
  • शनिबार, असार १४,२०८२ 07:27:29
Global IME Bank Limited

राष्ट्रबैंकको बोर्डबाट मौद्रिक नीति पारित, १२ः१५ मा सार्वजनिक हुने

Hyundai Nepal
राष्ट्रबैंकको बोर्डबाट मौद्रिक नीति पारित, १२ः१५ मा सार्वजनिक हुने
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति पारित गरेको छ।  

शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको बैठकले केन्द्रीय बैंकको अनुसन्धान विभागले तयार गरी उच्च व्यवस्थापनबाट पारित भएको मौद्रिक नीतिमा सामान्य संसोधनसहित पारित गरेको एक सञ्चालकले जानकारी दिए । 

CG Motors
Muktinath Bikas Bank Limited

योसँगै राष्ट्रबैंकले आजै १२ः१५ बजे बालुवाटारस्थित आफ्नो नवनिर्मित भवनबाट सार्वजनिक गर्ने कार्यक्रम राखेको छ ।

स्रोतहरुका अनुसार घरजग्गा व्यवसाय, सेयर बजार, बैंकिङका समस्याहरु समाधान गर्ने गरी मौद्रिक नीति तयार भएको छ ।  

केन्द्रीय बैंकले अघिल्लो साता शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्न खोजेको थियो । तर, त्यसबेला तयार भएको मौद्रिक नीतिमा आम अपेक्षाअनुसारका नीतिगत व्यवस्था नभएको सूचना पुगेपछि अन्तिम समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा रोकिएको थियो । त्यसपछि केन्द्रीय बैंकले तयार गरेको मौद्रिक नीतिमाथि प्रम ओली, उनका प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडा र अर्थमन्त्री विष्णु पौडेलले पर्याप्त संसोधन गरेका थिए । यो एकसाताको बीचमा सेयर बजार लगायत अर्थतन्त्रका प्रमुख क्षेत्रहरु चलायमान बनाउने र लगानीकर्ताको आत्माविश्वास जगाउने खालको मौद्रिक नीति तयार भएको हो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.