शनिबार, फाल्गुन १०,२०८१ 03:35:47
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 03:35:47
IME remit
Global IME Bank Limited

अब बैंकहरुले स्थानीय तहको सञ्चित कोषको रकमलाई निक्षेपमा गणना गर्न नपाउने, तरलता व्यवस्थापन हुने विश्वास

Hyundai Nepal
अब बैंकहरुले स्थानीय तहको सञ्चित कोषको रकमलाई निक्षेपमा गणना गर्न नपाउने, तरलता व्यवस्थापन हुने विश्वास
Nabil Bank Limited

काठमाण्डौ । अब वाणिज्य बैंकहरुले स्थानीय तहको सञ्चित कोषको रकमलाई निक्षेपमा गणना गर्न नपाउने भएका छन् । अर्थ मन्त्रालयले बैंकहरुले स्थानीय तहको सञ्चित कोषको रकमलाई निक्षेपमा गणना नपाउने निर्णय कार्यान्वयन गराउन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ । १६ चैतको अर्थमन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको थियो । सोहि निर्णय कार्यान्वयनका गराउन अर्थ मन्त्रालयले चैत १९ गते राष्ट्र बैंकलाई पत्राचार गरेको हो ।

अर्थमन्त्रीस्तरीय बैठकले  स्थानीय तहको सञ्चित कोषमा रहेको मौज्दातलाई वाणिज्य बैंकको निक्षेपमा गणना गर्ने व्यवस्था हटाउने निर्णय गरेको थियो ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

हालसम्म स्थानीय तहको सञ्चित कोषमा मौज्दात रहेको रकमको ६० वाणिज्य बैंकहरुले निक्षेपको रुपमा गणना गर्दै आएका थिए । माघ मसान्तको तथ्यांकअनुसार स्थानीय तहको सञ्चित कोषमा रहेको ४० प्रतिशतले हुने ६६ अर्ब भन्दा धेरै राष्ट्र बैंकमा रहेको सञ्चित कोषमा रहेको छ । बाँकी ६० प्रतिशत अर्थात करिब १ खर्ब वाणिज्य बैंकहरूले निक्षेपको रुपमा गणना गर्दै आएका थिए । जसले गर्दा बैंकहरुमा अधिक तरलता देखिन थालेको थियो ।  

अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले अल्पकालिन उपकरण निक्षेप संकलन लगायतका उपकरणको प्रयोगले बैंकिङ प्रणालीबाट तरलता खिचि रहेको थियो । यस विषयमा राष्ट्र बैंकका अधिकारीहरुबीच मतभेद नै देखिएको थियो ।  

सरकारी कोष अर्थात स्थानीय तहको सञ्चित कोषमा रहेको ६० प्रतिशत रकम निक्षेपका रुपमा गणना गर्न नपाउँदा बैंकहरुको तरलतामा कमी आउने देखिन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार चैतको १८९ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६२ खर्ब २ अर्ब रहेको छ । यस्तै बैंकहरुको  कुल लगानी  कर्जा ५० खर्ब ८७ अर्ब रहेको छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.