काठमाण्डौ । शोधानान्तर स्थिति साढे १ खर्ब रुपैयाँ बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको भदौ महिनासम्ममा शोधानान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँ बचतमा रहेको हो ।
गत वर्षको सोही अवधिमा शोधानान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोड रुपैयाँले बचतमा रहेको थियो । यस हिसाबमा गत वर्षको तुलनामा शोधनान्तर स्थिति ५१ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता १ खर्ब ३० अर्ब ६९ करोड रुपैयाँले बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता ५४ अर्ब ४१ करोड रुपैयाँ ले बचतमा रहेको थियो । चालु खाता पनि गत वर्षको तुलनामा १४०.१९ प्रतिशतले वृद्धि भएको छ ।