शनिबार, असार १४,२०८२ 07:57:09
  • शनिबार, असार १४,२०८२ 07:57:09
Global IME Bank Limited

राहदानी बापतको विदेशी मुद्रा सटहीसम्बन्धी के छ व्यवस्था ? कति डलरसम्म सटही गर्न सकिन्छ ?

Hyundai Nepal
राहदानी बापतको विदेशी मुद्रा सटहीसम्बन्धी के छ व्यवस्था ? कति डलरसम्म सटही गर्न सकिन्छ ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाली नागरिकलाई विदेश भ्रमण/रोजगारीका लागि राहदानी बापतको विदेशी मुद्रा सटहीसम्बन्धी सुविधा प्रदान गर्दै आईरहेको छ । केन्द्रीय बैंकले यसका लागि केहि व्यवस्था गरेको छ ।  

हालको व्यवस्थाअनुसार भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकले राहदानीबापत प्रतिपटक अमेरिकी डलर २ हजार ५ सय वा सोबराबरको परिवर्त्य विदेशी मुद्रासम्म एक आर्थिक वर्षमा २ पटकभन्दा नबढ्नेगरी सहटी सुविधा प्राप्त गर्न सक्छन् । यस्तो सटही सुविधा नेपाल राष्ट्र बैंकबाट विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सकिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले जापान,दक्षिण कोरिया,युरोप महादेश,संयुृक्त राज्य अमेरिका,क्यानडाको हकमा अधिकतम अमेरिकी डलर ५ सय र अन्य मुलुकको हकमा अधिकतम अमेरिकी डलर २ सयसम्म राहदानीबापत सटही सुविधा प्राप्त गर्न सक्छन् ।  

राहदानी सुविधाबापत सटही माग गर्ने व्यक्तिले हवाई टिकट,राहदानी र भिसाको प्रतिलिपि पेश गर्नुपर्दछ र बैंक तथा वित्तीय संस्थाले ती प्रतिलिपि सक्कल प्रतिसँग भिडाई दुरुस्त भएमा मात्र सटही सुविधा प्रदान गर्न सक्छन् ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.