शनिबार, असार १४,२०८२ 07:17:14
  • शनिबार, असार १४,२०८२ 07:17:14
Global IME Bank Limited

बैंकहरुको चौथो त्रैमासिक वित्तीय विवरण अब भदौमा मात्र आउने

Hyundai Nepal
बैंकहरुको चौथो त्रैमासिक वित्तीय विवरण अब भदौमा मात्र आउने
Nabil Bank Limited

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण भदौ पहिलो साता मात्र प्रकाशन गर्ने भएका छन् ।  

शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले २०८१ असार मसान्तसम्मको अवधिमा पाकेको ब्याज २०८१ साउन मसान्तसम्ममा प्राप्त भएमा विद्यमान लेखामानको अधीनमा रही त्यस्तो रकमलाई आर्थिक वर्ष २०८०-८१ को आम्दानीको रुपमा बाँध्न पाउने व्यवस्था गरेपछि चौथो त्रैमासको वित्तीय विवरण भदौमा मात्र आउने भएको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

हाल बैंक तथा वित्तीय संस्थाहरुले साउन १५ गतेसम्ममा २०८१ असार मसान्तसम्मको अवधिमा पाकेको ब्याज आर्थिक वर्ष २०८० ८१ मा आम्दानी बाँध्न पाउने थिए । तर, यो व्यवस्थामा केन्द्रीय बैंकले थप १५ दिनको सुविधा थप गरिदिएको हो ।  

योसँगै बैंकरहरु साउन मसान्तसम्म नै अघिल्लो आर्थिक वर्षको रिकभरिमा व्यस्त हुनेछन् । जसका कारण थप समय पाई बैंक तथा वित्तीय संस्थाहरुको ब्याज आम्दानी बढ्ने र यसले उनीहरुको वित्तीय स्वास्थ्यमा पनि सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।  

नेपाल बैंकर्स संघले मौद्रिक नीति निर्माणका क्रममा सुझाव दिंदा साउन ३० गतेसम्म प्राप्त ब्याजलाई आम्दानीमा बाँध्न पाउने व्यवस्था हुनुपर्ने विषयलाई प्राथमिकतामा राख्ने गरेको थियो ।  

केन्द्रीय बैंकले घोषणा गरेको यो सुविधालाई एकदुई दिनमै सर्कुलरमार्फत ल्याउनेछ ।  

राष्ट्रबैंकका एक अधिकारीका अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई सर्कुलर जारी गरी भदौ पहिलो साताभित्र अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिक रिपोर्ट प्रकाशन गर्न निर्देशन दिइनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.