काठमाण्डौ । नेपाल राष्ट्रबैंकले करिब ३ रुपैयाँ लागत पर्ने गरी चाइनिज कम्पनीलाई रु. १० दरका ३४ करोड नोट छपाईको ठेक्का दिएको छ ।
चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, चाइनालाई रु. १० दरका नेपाली नोट छपाईको जिम्मा दिइएको हो ।
सो कम्पनीले ३४ करोड प्रति रु. १० दरका नोट तपाईका लागि ७१ लाख १७ हजार ९३४ अमेरिकी डलर(९५ करोड ३८ लाख रुपैयाँभन्दा बढी) बराबरको प्रस्ताव पेश गरेको थियो । केन्द्रीय बैंकले सोही प्रस्ताव स्वीकृत गरिएको सूचना प्रकाशित गरेको हो।