शुक्रबार, बैशाख ४,२०८३ 07:32:30
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 07:32:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बैंक कहिले खुल्छ, कहिले बन्द ? २०८३ को पूर्ण तालिका सार्वजनिक

Bizshala
बैंक कहिले खुल्छ, कहिले बन्द ? २०८३ को पूर्ण तालिका सार्वजनिक
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंक ले नयाँ वर्ष २०८३ (सन् २०२६ अप्रिल १४ देखि २०२७ अप्रिल १३ सम्म) का लागि बैंकिङ बिदा तथा कार्यालय समयसम्बन्धी विस्तृत तालिका सार्वजनिक गरेको छ। मानव संशाधन व्यवस्थापन विभागले सार्वजनिक गरेको उक्त सूचनामा वार्षिक बिदा, कार्यालय समय, बैंकिङ समय तथा सेवा सञ्चालनसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ।

बिदा तालिका: प्रमुख पर्वमा बैंक बन्द

राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीअनुसार नयाँ वर्ष, श्रमिक दिवस, बुद्ध जयन्ती, गणतन्त्र दिवस, रक्षाबन्धन, गाईजात्रा, कृष्ण जन्माष्टमी, तीज, संविधान दिवस, इन्द्रजात्रा, दशैं, तिहार, छठ, ल्होसार, महाशिवरात्रि, फागु पूर्णिमा लगायतका राष्ट्रिय तथा धार्मिक पर्वहरूमा बैंक तथा वित्तीय संस्था बन्द रहनेछन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसबाहेक, केही बिदा निश्चित समुदाय, क्षेत्र वा कर्मचारी समूहलाई लक्षित गरी तोकिएका छन्- जस्तै काठमाडौँ उपत्यकामा मात्र लागू हुने इन्द्रजात्रा, महिलाका लागि हरितालिका तीज र जितिया पर्व, तथा विभिन्न धार्मिक समुदायका पर्वहरू।

कार्यालय समय (Office Hour)

राष्ट्र बैंकले मौसमअनुसार कार्यालय समय फरक–फरक राखेको छः

-बिहान १०:०० देखि साँझ ५:०० बजे (आइतबार–बिहीबार)

लागू अवधि: २०२६/०४/१४ देखि २०२६/११/०१

तथा २०२७/०१/३० देखि २०२७/०४/१३

-बिहान १०:०० देखि साँझ ४:०० बजे (आइतबार–बिहीबार)

लागू अवधि: २०२६/११/०२ देखि २०२७/०१/२९

बिहान १०:०० देखि दिउँसो १:३० बजे (हरेक शुक्रबार)

 

बैंकिङ समय (Banking Hour)

ग्राहक सेवा सम्बन्धी बैंकिङ समय यसप्रकार तोकिएको छः

-बिहान १०:०० देखि साँझ ४:०० बजे (आइतबार–बिहीबार)

लागू अवधि: २०२६/०४/१४ देखि २०२६/११/०१

तथा २०२७/०१/३० देखि २०२७/०४/१३

-बिहान १०:०० देखि दिउँसो ३:०० बजे (आइतबार–बिहीबार)

लागू अवधि: २०२६/११/०२ देखि २०२७/०१/२९

बिहान १०:०० देखि दिउँसो १२:३० बजे (हरेक शुक्रबार)

CG Motors
Garima Development Bank
IME remit

साप्ताहिक बिदा र अन्य व्यवस्था

-हरेक शनिबार: पूर्ण बिदा

-हरेक शुक्रबार: आधा बिदा

-नेपाल सरकारले घोषणा गर्ने अन्य सार्वजनिक बिदामा पनि बैंक बन्द रहने-

अत्यावश्यक सेवा भने जारी रहने

राष्ट्र बैंकले बैंक -बन्द भए पनि केही अत्यावश्यक सेवा भने निरन्तर उपलब्ध गराइने जनाएको छ।

-नगद भुक्तानी (Cash Payment)

-ईसीसी (ECC)

-मौद्रिक व्यवस्थापन

-आरटीजीएस (RTGS)

-अन्य अत्यावश्यक बैंकिङ सेवा

यी सेवाहरू तोकिएको बैंकिङ समयअनुसार सञ्चालन हुनेछन्।

प्रदेश र अन्य विशेष व्यवस्था

-प्रदेश सरकारले घोषणा गर्ने सार्वजनिक बिदामा सम्बन्धित प्रदेश कार्यालय अधिकतम ६ दिनसम्म बन्द रहने

-यदि प्रदेश सरकारले ६ दिनभन्दा बढी बिदा घोषणा गरेमा (विशेषगरी काठमाडौं उपत्यकामा), त्यससम्बन्धी निर्णय गृह मन्त्रालय अनुसार लागू हुनेछ

-नेपाल सरकारले घोषणा गर्ने अतिरिक्त सार्वजनिक बिदामा पनि बैंक बन्द रहने तर अत्यावश्यक सेवा भने सञ्चालनमा रहने

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.