आईतवार, कार्तिक १,२०८३ 05:09:53
Bizshala
  • आईतवार, कार्तिक १,२०८३ 05:09:53
Bizshala
Global IME Bank Limited

नेपालमा शङ्कास्पद वित्तीय कारोबार वृद्धि

Bizshala
नेपालमा शङ्कास्पद वित्तीय कारोबार वृद्धि
New Office

काठमाडौं – नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी एकाइले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन अनुसार, नेपालमा शङ्कास्पद वित्तीय कारोबार तथा गतिविधि अघिल्लो वर्षको तुलनामा करिब ३०–४० प्रतिशतले वृद्धि भएको छ।

प्रतिवेदनमा उल्लेख छ कि वित्तीय जानकारी एकाइले सञ्चालन गर्ने गोएमएल प्रणालीमार्फत प्राप्त सूचनामा उल्लेखनीय वृद्धि भएको छ। गत आवमा १ हजार ६३९ सूचक संस्था आबद्ध थिए भने चालु आवमा यो संख्या ३ हजार ४९७ पुगेको छ। सोही अवधिमा ९४५ वटा शङ्कास्पद कारोबाररगतिविधि रिपोर्ट भएका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

प्रतिवेदनअनुसार, प्राप्त वित्तीय जानकारीको विश्लेषणपछि ४५ वटा तथ्यांक नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायमा पठाइएको थियो। यसले वित्तीय अपराध पहिचान, अनुसन्धान तथा अभियोजन प्रक्रियामा प्रत्यक्ष सहयोग पुर्‍याएको छ।

अन्तर्राष्ट्रिय सहकार्य पनि प्रतिवेदनमा सकारात्मक देखाइएको छ। आर्थिक वर्ष २०८१÷८२ मा विदेशी वित्तीय जानकारी एकाइसँग ६४ वटा सूचना आदानप्रदान गरिएको थियो, जसले सीमापार वित्तीय कारोबार, अन्तरदेशीय अपराध सञ्जाल र साइबर ठगी रोकथाममा सहयोग पुऱ्याएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

प्रतिवेदनमा सन् २०२३ मा एसिया–प्यासिफिक समूहको मूल्याङ्कनपछि नेपाल ‘ग्रे–लिस्ट’ मा परेको तथ्यांक र त्यसपछिका सुधार प्रयाससमेत उल्लेख गरिएको छ। आगामी दिनमा वित्तीय जोखिममा आधारित दृष्टिकोण, प्रविधि आधारित विश्लेषण प्रणाली, अन्तरनिकाय समन्वय र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुधारलाई प्राथमिकता दिइने प्रतिवेदनले जनाएको छ।

वित्तीय जानकारी एकाइले भनेको छ, ‘वित्तीय सूचना विश्लेषणको गुणस्तर सुधार गर्दै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ प्रभावकारी बनाउने हाम्रो लक्ष्य हो।’

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.