काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकहरूसँग अर्थतन्त्रको समसामयिक अवस्था र मौद्रिक नीतिसम्बन्धी विषयमा छलफल गर्दैछन् ।
देशको वित्तीय अवस्थाको गहिरो समीक्षा गर्दै मौद्रिक उपकरणको कार्यान्वयनको अवस्था, विद्यमान आर्थिक चुनौती तथा सम्भावित समाधानका उपायबारे छलफल केन्द्रित रहनेछ। कार्यक्रममा केन्द्रीय बैंकका कार्यकारी निर्देशकहरूले आफ्नो अनुभव र सुझाव प्रस्तुत गर्नेछन्।े
पाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरसँग नियमित रूपमा हुने समन्वय र परामर्शकै निरन्तरतामा सम्भवतः पहिलो पटक सबै कार्यकारी निर्देशकसँग सामूहिक छलफल आयोजना गर्न लागिएको हो ।
छलफल आज बिहान ९ः१५ बजे अर्थ मन्त्रालयस्थित सुवर्ण हलमा सुरु हुने कार्यक्रम छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।