बुधबार, श्रावण २७,२०८३ 07:02:48
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 07:02:48
Bizshala
Global IME Bank Limited

दोस्रो सम्पत्ति शुद्धीकरण मुद्दामा पनि दीपक भट्ट र शुलभ अग्रवाल थुनामै

विशेष अदालतको आदेशपछि पुर्पक्षका लागि कारागारमै रहने

Prabhu Bank Limited
दोस्रो सम्पत्ति शुद्धीकरण मुद्दामा पनि दीपक भट्ट र शुलभ अग्रवाल थुनामै
New Office

 

 

काठमाण्डौ । व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी दोस्रो अभियोगमा समेत पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले मंगलबार भट्ट र अग्रवाललाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।

दुवै व्यवसायी सम्पत्ति शुद्धीकरणसम्बन्धी पहिलो मुद्दामा यसअघि नै पुर्पक्षका लागि थुनामा थिए। दोस्रो अभियोग दर्ता भएपछि उनीहरूलाई सो मुद्दाको थुनछेक बहसका लागि विशेष अदालतमा उपस्थित गराइएको थियो।

बहसपछि अदालतले दोस्रो मुद्दामा समेत तत्काल धरौटी वा साधारण तारेखमा छाड्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

यससँगै भट्ट र अग्रवालविरुद्ध दायर दुवै सम्पत्ति शुद्धीकरण मुद्दामा उनीहरू थुनामै रहेर कानुनी प्रतिरक्षा गर्नुपर्ने भएको छ।

रोचक पक्ष भने यही दोस्रो मुद्दामा प्रतिवादी बनाइएका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई अदालतले यसअघि नै साधारण तारेखमा रहने गरी आदेश दिएको थियो।

एउटै प्रकरणसँग जोडिएका प्रतिवादीमध्ये भट्ट र अग्रवाललाई थुनामा पठाइएको तर पौडेललाई साधारण तारेखमा छाडिएको विषयले अदालतले प्रतिवादीपिच्छे प्रमाण, संलग्नताको प्रकृति र अभियोगको आधारलाई फरक ढंगले मूल्याङ्कन गरेको देखिन्छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरू पछिल्लो समय उच्च राजनीतिक तथा व्यावसायिक तहसम्म पुगेका बेला भट्ट र अग्रवाललाई दोस्रो मुद्दामा समेत थुनामै राख्ने विशेष अदालतको आदेशलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.