काठमाण्डौ । शिवम् सिमेन्टको नाफामा सामान्य गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले उक्त अवधिमा ७८ करोड ४४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।
यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १.७२ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७९ करोड ८१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको बिक्री आम्दानी पनि केही घटेको छ । अघिल्लो आवमा ७ अर्ब ७६ करोड रुपैयाँ रहेको कम्पनीको बिक्री आम्दानी घटेर ६ अर्ब ९२ करोड रुपैयाँमा सीमित बनेको छ । यस्तै कम्पनीको अघिल्लो आवमा १ अबै ७२ करोड रहेको कम्पनीको ग्रस प्रफिट घटेर १ अर्ब ५९ करोड पुगेको छ ।
कम्पनीले यो अवधिमा १३ करोड ३२ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
यसैगरी कम्पनीले खर्च घटाएको छ । कम्पनीको खर्च ९३ करोड १६ लाखबाट घटेर ८० करोड ८१ लाखमा सीमित बनेको छ ।
कम्पनीको कुल चालु सम्पत्ति ३ अर्ब ७८ करोड र कुल चालु दायित्व २ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १४.०३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८८.७६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३३.७१ रुपैयाँ र तरलता अनुपात १.६४ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।