काठमाण्डौ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा किरण पण्डित नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि खाली रहेको दुई पदमध्ये एकमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो।
यद्यपि, अर्को रिक्त रहेको डेपुटी गभर्नर पदमा भने हालसम्म कुनै नियुक्ति गरिएको छैन। एक कार्यक्रममा अमेरिका जान लागेका गभर्नर डा. विश्वनाथ पौडेलले कार्यबाहक दिनका लागि सहज बनाउने गरी एकजना डेपुटी गभर्नर नियुक्त गरिएको र बाँकी एकजना पछि नियुक्त गरिने बताइएको छ ।

