आईतवार, असार १५,२०८२ 05:58:47
  • आईतवार, असार १५,२०८२ 05:58:47
Global IME Bank Limited

बैंकिङ प्रणालीमा थुप्रियो ६१.६५ खर्ब निक्षेप, सिडी रेसियो र अन्तरबैंक ब्याजदर कति ?

Hyundai Nepal
बैंकिङ प्रणालीमा थुप्रियो ६१.६५ खर्ब निक्षेप, सिडी रेसियो र अन्तरबैंक ब्याजदर कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख २२ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ६५ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन रहेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार वैशाख २१ गतेसम्म भने बैंकिङ प्रणालीमा ६१ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।  यसरी बैंकिङ प्रणालीको निक्षेप एकै दिन १ अर्ब रुपैयाँले घटेको छ ।  

वाणिज्य बैंकहरुको निक्षेप पनि १ अर्ब रुपैयाँले घटेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब ५२ अर्ब रुपैयाँ रहेको छ । वैशाख २१ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब ५३ अर्ब रहेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै अन्य वित्तीय संस्थाको निक्षेप भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब १४ अर्ब रुपैयाँ रहेको छ ।  

बैंकिङ प्रणालीको कुल कर्जा प्रवाह पनि घटेको छ । वैशाख २१ गतेसम्म ५१ खर्ब ४ अर्ब रहेको कर्जा प्रवाह १ अर्बले घटेर वैशाख २२ गतेसम्म ५१ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ । सीडी रेसियो  ८०.४५ प्रतिशतबाट बढेर ८०.४६ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर भने स्थिर अर्थात २.४९ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.