सोमबार, श्रावण २५,२०८३ 02:45:55
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 02:45:55
Bizshala
Global IME Bank Limited

लघुवित्तले ऋणिलाई कर्जा तिर्ने अवधि ३ वर्षसम्म थप्नसक्ने, प्रमुख वित्तीय सूचकमा पर्नेछ सकारात्मक प्रभाव

लघुवित्तले ऋणिलाई कर्जा तिर्ने अवधि ३ वर्षसम्म थप्नसक्ने, प्रमुख वित्तीय सूचकमा पर्नेछ सकारात्मक प्रभाव
New Office

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणिहरुको कर्जा पुनरतालिकीकरण र पुनरसंरचनाको छुट दिएको छ ।  

यसरी कर्जाको पुनरतालिकीकरण र पुनरसंरचना गर्दा कर्जा भुक्तानी अवधि बढीमा ३ वर्ष थप हुने गरी गर्न सकिने छुट लघुवित्त वित्तीय संस्थाहरुले पाएका हुन् । 

तर यसरी पुनरतालिकीकरण / पुनरसंरचना गरिएका कर्जाहरुलाई ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । तर, निष्किृय वर्गमा वर्गीकरण भइसकेका कर्जाहरुलाई पुनरसंरचना/पुनरतालिकीकरण गर्दा पूर्ववत् कायम गरिएको कर्जा नोक्सानी व्यवस्था कायम राख्नुपर्नेछ । यसरी कायम गरिएको कर्जा नोक्सानी व्यवस्था लगातार एक वर्षसम्म कर्जा नियमित भएको अवस्थामाबाहेक कुनै समायोजन गर्न पाइने छैन ।

लघुवित्त वित्तीय संस्थाले नियतवश कर्जा नतिर्ने ऋणीको विवरण तयार गरी त्यसबाहेकका परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुलाई मात्र यस्तो सुविधा दिन पाउनेछन् ।  

यस्तो पुनरतालिकीकरण वा पुनरसंरचना २०८१ पुस मसान्तभित्र गरिसक्नुपर्ने पनि केन्द्रीय बैंकले निर्देशन दिएको छ।

लघुवित्तहरुलाई मंगलबार जारी गरिएको सर्कुलरमा पुनरतालिकीकरण/पुनरसंरचना गरिएका सक्रिय वर्गका कर्जाको किस्ता लगातार ६ महिनासम्म नियमित भए पश्चात्मात्र त्यस्ता कर्जालाई असल कर्जामा वर्गीकरण गर्न तथा कर्जा नोक्सानी व्यवस्थामा समायोजन गर्न पाइने व्यवस्था गरिएको छ।

यसैगरी, कर्जा पुनरतालिकीकरण/पुनरसंरचना गरेमा सम्बन्धित संस्थाले ऋणीलाई कालोसूचीबाट हटाउन कर्जा सूचना केन्द्रलाई सिफारिस गर्नुपर्ने व्यवस्था समेत कार्यान्वयनमा ल्याइएको छ ।  

यो व्यवस्थाका कारण लघुवित्त वित्तीय संस्थाहरुमा थुप्रिएको खराब कर्जा ह्वात्तै घट्नेछ भने अन्य वित्तीय सूचकहरुमा समेत सकारात्मक परिवर्तन आउनेछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.