शनिबार, आश्विन ३१,२०८३ 12:25:02
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 12:25:02
Bizshala
Global IME Bank Limited

एभरेष्ट बैंकको लाभांश घोषणा सम्भवतः यही साता, बोनस र नगद केमा जोड देला ?

Bizshala
एभरेष्ट बैंकको लाभांश घोषणा सम्भवतः यही साता, बोनस र नगद केमा जोड देला ?
New Office

काठमाण्डौ । गत आर्थिक वर्षका लागि सबैभन्दा राम्रो वितरणयोग्य मुनाफा आर्जन गर्न सफल एभरेष्ट बैंक लिमीटेडको लाभांश घोषणा यही साताभित्र हुने सम्भावना देखिएको छ ।  

नेपाल राष्ट्रबैंकस्थित उच्च स्रोतकाअनुसार एभरेष्ट बैंकले पठाएको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिको अन्तिम चरणमा छ । केन्द्रीय बैंकबाट वासलात स्वीकृत भएलगत्तै एभरेष्ट बैंकको सञ्चालक समितिको बैठकले लाभांशको विषयमा आवश्यक निर्णय लिनेछ । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

गत वर्ष एभरेष्ट बैंकले वाणिज्य बैंकहरुमध्ये सबैभन्दा पहिला लाभांश घोषणा गरी दशैंअघि नै सेयरधनीलाई वितरण गरेको थियो । यसपटक पनि एभरेष्ट बैंकले वाणिज्य बैंकहरुमध्ये लाभांश घोषणा गर्ने पहिलो संस्था बन्ने प्रयास गरे पनि राष्ट्रबैंकले समयमै वासलात स्वीकृत नगर्दा समस्या भयो । जसका कारण यो पटक भने माछापुच्छ्रे बैंक वाणिज्य बैंकमध्ये सबैभन्दा पहिला घोषणा गर्ने बैंक बन्न पुग्यो ।  

कति देला लाभांश ?

आर्थिक वर्ष २०८१/८२ मा एभरेष्ट बैंकको लाभांश क्षमता ३८ प्रतिशत रहेको छ । यो वाणिज्य बैंकहरुमध्येकै उच्च क्षमता पनि हो ।  

यो बैंकको चुक्तापूँजी १२ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । औसत चुक्तापूँजी रहेको बैंकले राम्रो विजिनेश गरेर तथा एनपीएल बढ्न नदिएर राम्रो नाफा निकालिरहेको छ । यस्तो अवस्थामा बैंकले यो वर्ष बोनस वा नगद लाभांश कुनमा जोड गर्ला ? भन्ने खुल्दुली हुनसक्छ ।  

बैंकका एक सञ्चालकले यसपटकको लाभांशको मोडल कस्तो हुने भन्ने विषय बैठक बसेपछि मात्र थाहा हुने बताए । तर, ती सञ्चालकका अनुसार यसपटक बैंकको उच्च व्यवस्थापनले बोनस सेयरमा बढी जोड गर्न नहुने र चुक्तापूँजीको आकार धेरै बढाउन नहुने अनौपचारिक छलफलका क्रममा संकेत दिइसकेको छ । यदि उच्च व्यवस्थापनको चाहनामा सञ्चालकहरुको सहमति रहेको खण्डमा एभरेष्ट बैंकले यसपटक बोनस सेयर भन्दा नगद लाभांशलाई बढी प्राथमिकता दिने देखिन्छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

ती सञ्चालकको भनाई चुक्तापूँजी धेरै बढाएर सोअनुसारको विजिनेश नहुँदा आगामी दिनमा लाभांशमा दवाब पर्नसक्छ । एकहिसाबले प्रत्येक वर्ष निकै राम्रो ढंगले मेन्टेन भइरहेको रिटर्न अन इक्वीटीको स्तर पनि खस्किन सक्छ । आर्थिक वर्ष २०८१/८२ मा यो बैंकको आरओई  १६.४४ प्रतिशत छ, जुन अघिल्लो वर्ष  १४ प्रतिशत हाराहारीमा सीमित थियो । यसकारण थप प्रेसर नलिई आगामी दिनमा काम गर्नका लागि र बैंकको हालको लोभलाग्दो अवस्थालाई निरन्तरता दिनका लागि समेत बोनस सेयर भन्दा नगद लाभांशमै जोड हुने गरी निर्णय आउनसक्ने सम्भावना देखिएको छ ।  

यता, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङसँग वित्तीय विवरण स्वीकृतिमा भएको ढिलाई लगायतका विषयमा कुरा बुझ्न खोज्दा उनले यस विषयमा प्रतिक्रिया दिन चाहेनन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.