सोमबार, असार १६,२०८२ 05:13:12
  • सोमबार, असार १६,२०८२ 05:13:12
Global IME Bank Limited

ब्याजदर र आम्दानीबीच तालमेल हुने गरी मात्र कर्जा कारोबार गर्न राष्ट्र बैंकको सुझाव

Hyundai Nepal
ब्याजदर र आम्दानीबीच तालमेल हुने गरी मात्र कर्जा कारोबार गर्न राष्ट्र बैंकको सुझाव
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ब्याजदर र आम्दानीबीच तालमेल हुने गरी मात्र कर्जाको कारोबार गर्न सूचित गरेको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो ।  

बैंक तथा वित्तीय संस्थाले विभिन्न व्यक्तिलाई लक्षित गरी घर कर्जा, सवारीसाधन कर्जा जस्ता विभिन्न कर्जाहरु प्रस्ताव गरेका हुन्छन् । यस्ता कर्जाको भुक्तानी अवधि निश्चित हुने र ब्याजदर भने परिवर्तनीय वा स्थिर हुने राष्ट्र बैंकले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

स्थिर ब्याजदर तोकिएको अवधिभर परिर्वतन गर्न नपाइने र परिवर्तनीय ब्याजदर आधार दरमा भएको परिवर्तनअनुसार हरेक महिना परिवर्तन हुन सक्ने तर, प्रिमियम दरमा कुनै परिवर्तन गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ ।  

नियमित रुपमा निश्चित आम्दानी गर्ने व्यक्तिका लागि स्थिर ब्याजदरले आम्दानी र खर्चबीच तालमेल मिलाउन सहयोग पुग्ने राष्ट्र बैंकले उक्त सूचनामा उल्लेख गरेको छ ।  ग्राहकहरुले आफूले उपभोग गर्न लागेको कर्जामा कस्तो प्रकारको ब्याजदर लागू हुँदैछ ? प्रिमियम दर कति लागू हुँदैछ ? शुल्कहरु के–कस्ता छन् ? भन्ने विषयमा पूर्ण जानकारी लिन अति आवश्यक हुने राष्ट्र बैंकले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.