बिहीबार, बैशाख ३१,२०८३ 09:22:16
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 09:22:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

धरपकडविरुद्ध बैंकका सीइओहरुको प्रतिवाद: ‘बैंकिङ कसूरसम्बन्धी अनुसन्धान गर्दा पहिला थुन्ने अनि सुन्ने नीति लिइनु गलत’

Laxmi Sunrise Bank Limited
धरपकडविरुद्ध बैंकका सीइओहरुको प्रतिवाद: ‘बैंकिङ कसूरसम्बन्धी अनुसन्धान गर्दा पहिला थुन्ने अनि सुन्ने नीति लिइनु गलत’
Shivam Cement

काठमाण्डौ । क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको संस्थाले प्रहरीको विशेष अनुसन्धान ब्यूरोले बैंकरहरुमाथि गरेको धरपकडको सामूहिक विरोध गरेको छ ।  

नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै बैंकिङ्ग कसूरसँग सम्बन्धित अनुसन्धान प्रक्रियामा “पहिला सुन अनि थुन” हुनुपर्नेमा “पहिले थुन अनि सुनले” बढावा पाएको भन्दै बैंकरहरुको धरपकडप्रति आपत्ति जनाएको हो ।  

सीआइबीले देउराली सहकारीका सञ्चालक रविन्द्र चौलागाई र उनकी पत्नीका विभिन्न कम्पनीलाई धितो मूल्यांकनको तुलनामा बढी कर्जा प्रवाह गरेको भन्दै तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका दुई प्रमुख कार्यकारी अधिकृतहरु तुल्सीराम गौतम र मनोज न्यौपानेसहित १० बैंकरलाई पक्राउ गरेको विषयमा प्रमुख कार्यकारी अधिकृतहरुको संगठनहरुले सामूहिक प्रतिवाद गर्दै विज्ञप्ति जारी गरेका हुन् । 

Bizshala
New Office
CG Motors

‘प्रचलित कानून, नियमनकारी निकायबाट जारी निर्देशनहरु तथा बैंकिङ्ग क्षेत्रको मान्य सिद्धान्तहरुको अधिनमा रही काम गरिरहेका बैंक तथा वित्तीय संस्थाका कुनै पनि घटनामा प्रत्यक्ष संलग्नता नभएका व्यक्तिहरुलाई समेत पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेका कारण निजहरुले असल नियतबाट गरेको कामलाई बेवास्ता गर्दै अनाहकमा कारवाहीको भागिदार बनाइनुहुन्न भन्ने हाम्रो धारणा रहेको छ ।’ विज्ञप्तिमा भनिएको छ–‘अपराधी उम्किन नहुने तथा निर्दोषले सजाय पाउन नहुने भन्ने न्यायका सिद्धान्तमा हामी प्रतिवद्ध छौं  ।साथै, बैंकिङ्ग कसूरसँग सम्बन्धित अनुसन्धान प्रक्रिया “पहिला सुन अनि थुन” हुनुपर्नेमा “पहिले थुन अनि सुनको” प्रक्रियाले बढावा पाएको छ । यसले बैंकरहरुको मानसिक तथा सामाजिक अवस्थामा गम्भीर असर पुर्याएको, यसबाट यस क्षेत्रमा काम गर्ने कर्मचारीहरुको मनोवल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्न जाने र समग्र अर्थतन्त्रको विकासमा समेत यसले असर पुग्न जाने कुरा सम्बन्धित सबैलाई अवगत गराउन चाहन्छौं ।’  

बैंक तथा वित्तीय संस्थाहरुले चल/अचल सम्पत्तिबाहेक परियोजना, व्यापार, नगद प्रवाह लगायत थुप्रै आधारहरु हेरेर नेपाल राष्ट्रबैंकबाट जारी निर्देशनहरुको अधिनमा रही कर्जा प्रवाह गर्ने गरेका उल्लेख गर्दै सीइओको संगठनले ग्राहकको हक–हितलाई मुख्य प्राथमिकतामा राखी निक्षेपकर्ताहरुको बचतलाई सुरक्षित गर्दै, ऋणीहरुलाई कर्जा प्रवाह गरी देशमा आवश्यक पुँजी निर्माणमा यस क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । ‘यसरी पारदर्शी रुपमा नियामक निकायबाट निर्देशित सिद्घान्तलाई अक्षरंश पालना गर्दै अगाडि बढिरहेको सम्वेदनशील वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भयरहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताको प्रत्याभूति गराउन सम्बन्धित निकायसँग हामी माग गर्दछौं ।’  

सीइओहरुले संयुक्त रुपमै बैंकिङ्ग क्षेत्रजस्तो अत्यावश्यक एवम् संवेदनशील क्षेत्रमा भईरहेको धरपकडले यो क्षेत्र र कर्मचारी आतङ्कित बन्नुपरेको बताएको छ । सीआइबीको धरपकडबाट बैंकका कर्मचारीहरुको मनोबल खस्कन गएको निश्कर्ष निकाल्दै राज्यका सम्बद्ध निकायलाई गम्भीर बन्न उनीहरुले आग्रह गरेका छन् ।  

कर्जा लगानीका सम्बन्धमा नियामकीय निर्देशनको परिधिभित्र रही आ आफ्नो कर्जा नीति तथा कार्यविधिभित्र बसी बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले गरेको कामकार्यबाहीलाई नै आधार मानी हुने धरपकड नरोकिएमा यस क्षेत्रमा ठूलो चुनौती आउनसक्ने चिन्ता समेत विज्ञप्तिमा व्यक्त गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा कुनै पनि लगानीसम्बन्धी कार्य गर्दा सोमा संलग्न हुने सबै कर्मचारी तथा संचालक समितिले विधिको पालना गरी असल मनसायबाट कार्य गर्दै आएको र कथम्कदाचित कसैले गलत मनसाय वा नियतले काम गरेको अवस्थामा सोमा संलग्न व्यक्तिहरुलाई प्रचलित कानून बमोजिम कारवाही हिजोका दिनमा पनि भएको र अब पनि हुनुपर्नेमा सीइओहरुले जोड समेत दिएका छन् । ‘यसका लागि सम्बन्धित निकायलाई आवश्यक परेको खण्डमा बैंकका कर्मचारी, सम्बन्धित बैंक र नेपाल बैंकर्स संघ सहयोग र समन्वयको लागि सधैं तत्पर रहेको अवगत गराउन चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.