मंगलवार, श्रावण ५,२०८३ 03:14:37
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 03:14:37
Bizshala
Global IME Bank Limited

बैंकहरुले भूलवश कालोसूचीमा समावेश भएकाको विवरण त्रैमासिक रुपमा सञ्चालक समितिमा पेश गर्नुपर्ने

बैंकहरुले भूलवश कालोसूचीमा समावेश भएकाको विवरण त्रैमासिक रुपमा सञ्चालक समितिमा पेश गर्नुपर्ने
New Office

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले भूलवश कालोसूची सूचीमा समावेश भएकाहरुको विवरण त्रैमासिक रुपमा आफ्नो सञ्चालक समितिमा पेश गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले इजाजतपत्र प्राप्त ‘क’‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएका एकिकृत निर्देशन २०८१ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

कालोसूचीमा समावेश नहुनु पर्ने कुनै व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्था भूलवश कालोसूची वा डिफल्टरसूचीमा समावेश गरिएको रहेछ भने यस सम्बन्धमा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाको कार्यकारी प्रमुखले निर्णय गरी अनुरोध गरेमा अविलम्ब त्यस्तो व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई अभिलेख नै नरहने गरी कालोसूची हटाउनु पर्नेछ ।

यस्तै भूलवश कालोसूचीमा समावेश भई हटेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाको विवरण त्रैमासिक रुपमा आफ्नो सञ्चालक समितिमा पेश गर्नुपर्नेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.