IME remit
  • आईतवार, फाल्गुन ४,२०८१ 04:47:13
IME remit
Global IME Bank Limited

मौद्रिक नीति आज पनि नआउने, अब छिटोमा सोमबार, नभ्याइए शुक्रबार मात्रै !

सञ्चालक भन्छन्-'राष्ट्रबैंकले चिप्ल्याउन खोजेपछि प्रधानमन्त्रीले रोक्नुभएको हो'

Hyundai Nepal
मौद्रिक नीति आज पनि नआउने, अब छिटोमा सोमबार, नभ्याइए शुक्रबार मात्रै !
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले छिटोमा सोमबार र ढिलोमा आगामी शुक्रबार मात्र चालु आर्थिक वर्षका लागि तयार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।  

शुक्रबार ल्याउने भनेर अन्तिम अवस्थामा तयारी नपुगेको भन्दै रद्द गरिएको मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम आइतबार आउने सम्भावना छैन । 

Shivam Cement
Bizshala
CG Motors

राष्ट्रबैंकका एक सञ्चालकका अनुसार आइतबार मौद्रिक नीति ल्याइने तयारी हुन्थ्यो भने बिहानका लागि बोर्ड बैठकको खबर आउँथ्यो । ‘तर, त्यस्तो खबर आएन ।’ आइतबार बिहान ९ बजे बिजशालासँग कुरा गर्दै ती सञ्चालकले भने–‘यसको अर्थ मौद्रिक नीति आज नआउने भन्ने नै हो ।’  

आइतबार मौद्रिक नीति सार्वजनिक नहुने हो भने कहिले हुन्छ त ? भन्ने बिजशालाको प्रश्नमा उनले भने–‘मलाई लाग्छ, छिटोमा सोमबार साँझसम्म र यो दिन पनि आएन भने ढिलोमा शुक्रबारसम्म आउँछ ।’  

शुक्रबार बिहान ८ बजे समेत आफूहरुलाई राष्ट्रबैंकले बोर्ड बैठकका लागि बोलाउँदा मौद्रिक नीति र समसामयिक विषयमा छलफल गर्न भन्दै अजेण्डा पठाएको ती सञ्चालकले खुलाए ।  

‘हामी त शुक्रबार नै मौद्रिक नीतिको विषयमा छलफल गर्न आवश्यक तयारीसहित बैठकमा पुगेका थियौं ।’ उनले भने–‘तर हामीले पनि त्यहाँ पुगेपछि मात्र मौद्रिक नीति शुक्रबार सार्वजनिक नहुने कुरा थाहा पायौं ।’  

बैठकमा राष्ट्रबैंकको सञ्चालक समितिको अध्यक्ष समेत रहेका गभर्नर महाप्रसाद अधिकारीले राष्टिय अन्तराष्टिय परिस्थितिको विषयमा प्रस्तुति दिएका थए । उनले प्रस्तुत गरेका केही विषयहरुमा सञ्चालकहरुले संसोधन समेत गरेका थिए ।  

त्यसपछि मौद्रिक नीतिको विषयलाई प्रवेश मात्र गराइएको थियो । ‘आज तपाई सञ्चालक ज्यूहरुलाई मौद्रिक नीति नै पारित गर्ने उद्देश्यले बोलाएका थियौं, तर तयारी पूरा नभएका कारण नसकिने भइयो ।’ गभर्नरको महाप्रसाद अधिकारीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो–‘मौद्रिक नीतिका लागि हामी फेरि खबर गर्नेछौं ।’  

ती सञ्चालकलाई मौद्रिक नीति अन्तिम अवस्थामा किन रोकिएको रहेछ त ? भनी हामीले प्रश्न गरेका थियौं । जवाफमा ती सञ्चालकले भने–‘हामीलाई पनि ठ्याक्कै कारण त थाहा भएन, तर तपाईहरुले लेखेको समाचार सत्यको धेरै नजिक छ जस्तो लाग्छ ।’  

अझ केही खुलेर उनले थपे–‘नयाँ मन्त्रीहरुलाई बधाई थाप्न भ्याई नभ्याई भइरहेको बेला राष्ट्रबैंकले केही महत्वपूर्ण विषयमा फेभर हुने गरी नीति ल्याउन खोजिरहेको छैन भन्ने कुरा प्रधानमन्त्रीसम्म पुर्याइयो भन्नेसम्म बुझेको छु । सरकारले चाहेअनुसारको लचक मौद्रिक नीति नबनेको कुरा पुगेपछि प्रधानमन्त्रीको निर्देशनमै रोकिएको हो कि जस्तो लाग्छ ।’  

स्मरणीय यो छ कि मौद्रिक नीति रोकिएकै दिन शुक्रबार एक छलफललाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रबैंकले ल्याउन लागेको मौद्रिक नीति कठोर हुन नहुने भन्दै यसैतर्फ संकेत गरेका थिए ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.