मंगलवार, असार १७,२०८२ 01:31:16
  • मंगलवार, असार १७,२०८२ 01:31:16
Global IME Bank Limited

११६.१९% ले बढ्यो आरटीजीएस कारोबार, ३२ लाख बढी मोबाइल बैंकिङ ग्राहक थपिए

Hyundai Nepal
११६.१९% ले बढ्यो आरटीजीएस कारोबार, ३२ लाख बढी मोबाइल बैंकिङ ग्राहक थपिए
Nabil Bank Limited

काठमाण्डौ । रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) प्रणालीबाट असार महिनामा ६४ खर्ब बढीको भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक भुक्तानी प्रणाली सूचक अनुसार असार  महिनामाआरटीजीएस)मार्फत ६४ खर्ब ५१ अर्ब १६ करोड १० लाख रुपैयाँबराबरको भुक्तानी कारोबार भएको हो ।  

यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११६.१९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको असारमा आरटीजीएस प्रणालीमार्फत २९ खर्ब ८३ अर्ब ९३ करोड रुपैयाँबराबरको भुक्तानी कारोबार भएको थियो । हाल आरटीजीएसमा ४४ वटा बैंक तथा वित्तीय संस्था सहभागी छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै असारमा एटीएमबाट ९१ अर्ब २६ करोड रुपैयाँ नगद निकालिएको छ । जुन अघिल्लो आवको असार महिनाको तुलनामा ४.९४ प्रतिशतले बढी हो । कनेक्ट आईपीएसबाट हुने कारोबार समेत ३३.७३ प्रतिशतले बढेको छ । असार महिनामा कनेक्ट आईपीएबाट ६ खर्ब ६६ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ । २०८० असार महिनामा कनेक्ट आईपीएसमार्फत ४ खर्ब ९८ अबए रुपैयाँबराबरको कारोबार भएको थियो ।  

यस्तै असारमा २ करोड ४६ लाख मोबाइल बैंकिङ प्रयोगकर्ताबाट ३ खर्ब ७३ अर्ब ९७ करोड ८० लाख रुपैयाँ भुक्तानी कारोबार भएको छ । अघिल्लो वर्ष मोबाइल बैंकिङमार्फत २ खर्ब ३३ अर्ब ४४ करोड ६० लाख रुपैयाँबराबरको कारोबार भएको थियो । एक वर्षमा थप ३२ लाख ८४ हजार ८५७ मोबाइल बैंकिङ ग्राहक थपिएका छन् ।  

यो अवधिमा इन्टरनेट बैंकिङ कारोबार १४.४२ प्रतिशतले बढेको छ । इन्टरनेट बैंकिङ प्रयोगमार्फत १७ अर्ब ७३ करोड ८० लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.