सोमबार, बैशाख ७,२०८३ 01:42:31
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 01:42:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गभर्नरको दौड रोचक बन्दै, प्रमुख दाबेदार ज्ञानेन्द्र ढुंगानाले नविल बैंक छाडे

Bizshala
गभर्नरको दौड रोचक बन्दै, प्रमुख दाबेदार ज्ञानेन्द्र ढुंगानाले नविल बैंक छाडे
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको गभर्नरको दौड रोचक बन्दै गएको छ । प्रमुख सत्ता साझेदार दल एमाले र कांग्रेसको उच्च तहका नेताबीच गभर्नर कांग्रेसलाई दिने सहमति भएसँगै गभर्नरको सम्भावित अनुहारहरुको दौडधूप बढ्न थालेको हो ।  

यही क्रममा गभर्नरको दौडमा निकै अगाडि रहेका र नियुक्तिको सम्भावना समेत देखिएका बैंकर ज्ञानेन्द्र ढुंगानाले नविल बैंक लिमीटेड छाडेका छन् । उनले आईतबारको मिति राखेर बैंकको प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिएका हुन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उनी राजीनामा दिनुअघि समेत बैंकमा विदा लेखाएर गभर्नरको दौडमा सक्रिय थिए । गभर्नर एमाले वा कांगे्रस कसको भागमा पर्ने भन्ने कुरा निश्चित नहुञ्जेल विदा मिलाएर दौडधूप गरिरहेका उनी कांग्रेसले नै पाउने पक्का भएपछि राजीनामा नै दिएर सक्रिय भएका हुन् ।  

कांग्रेसले नै गभर्नर पाउने पक्का भएसँगै गभर्नर छनौट समिति पनि आफू अनुकुल बनेको ढुंगानाको बुझाई देखिएको छ । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित गभर्नर छनौट तथा सिफारिस समितिको सदस्यमा डा. विश्व पौडेल र पूर्व गभर्नरको तर्फबाट विजयनाथ भट्टराई नियुक्त भएका थिए । समितिका दुवै सदस्य कांग्रेस निकट हुन् ।  

कांग्रेसको भागमा राष्ट्रबैंकको आगामी गभर्नर पर्ने निश्चित भएपछि ढुंगानाले हरेक शक्तिकेन्द्रहरुसँग पहुँच बनाइरहेका छन् । 

CG Motors
Garima Development Bank
IME remit

ढुंगानालाई कांग्रेसका दोश्रो तहका नेताहरुको विशेष सद्भाव छ । पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा परराष्ट्रमन्त्री आरजू देउवा समेत ढुंगानालाई राष्टबैंकको नेतृत्व सुम्पिन तयार देखिएकी कांग्रेसका नेताहरु बताउँछन् । ढुंगानालाई गभर्नरका लागि माहौल बनाउने काममा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत लगायतका नेताहरु विशेष रुपमा लागिपरेका स्रोतहरु बताउँछन् ।  

ज्ञानेन्द्रका दाई गोविन्द ढुंगाना पनि कांग्रेसका पुराना नेता हुन् । शेरबहादुर देउवाले कांग्रेस फुटाएर नयाँ दल गठन गर्दा ढुंगानाले साथ दिएका थिए । यसले समेत गोविन्द ढुंगानाको देउवासँग विशेष सम्बन्ध रहेको देखाउँछ ।  

त्यसो त डा. चिरञ्जिवी नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्ति हुने बेलामा समेत ज्ञानेन्द्र ढुंगानाको नाम चर्चामा थियो । पार्टीभित्रैका नेताहरुले समेत ढुंगानालाई अगाडि सारेका थिए । गभर्नर नियुक्ति हुनेमा निश्चित भइसकेका ढुंगानालाई केही घण्टाअघि मात्र यो पटक सकिएन भन्ने खबर पठाइएको थियो ।  

दश वर्षअघिको असफलताबाट पाठ सिक्दै ढुंगाना यसपटक भने सुरुवातदेखि नै दौडधूपमा व्यस्त छन् ।  

ढुंगाना केन्द्रीय बैंककै क्याडर समेत हुन् । परिपक्व निर्णय क्षमतामा उनको विशेष रुपमा चर्चा हुने गर्छ । सबैसँग सन्तुलित सम्बन्ध बनाउन समेत उनी माहिर छन् । गभर्नरको दौडमै पनि उनले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मजिल्ला तेह्रथुम आफ्नो पहाड रहेको सम्बन्ध जोड्दै सहानुभूति बटुल्ने काम गरिरहेका स्रोत बताउँछ ।  

अर्थतन्त्रलाई राम्रोसँग बुझेको, बैंकिङको केस्रा केस्रा केलाउनसक्ने तथा कुनै दलको क्याडरभन्दा सन्तुलित भूमिका निर्वाह गर्नसक्ने पात्रको रुपमा ढुंगानालाई हेरिएको छ ।  

कांग्रेसबाट ढुंगानाबाहेक शिवराज पाण्डे, डा. गुणाकर भट्ट गभर्नरका दाबेदार हुन् ।  

एमालेबाट भने प्रभू बैंकको सीईओ समेत रहेका अशोक शेरचन, डेपुटी गभर्नर निलम ढुंगाना र बमबहादुर मिश्र, डा. प्रकाशकुमार श्रेष्ठ लगायत गभर्नरको प्रतिस्पर्धामा छन् ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.