मंगलवार, असार १७,२०८२ 01:32:47
  • मंगलवार, असार १७,२०८२ 01:32:47
Global IME Bank Limited

राष्ट्र बैंकको नयाँ भवन हस्तान्तरणको अन्तिम चरणमा

Hyundai Nepal
राष्ट्र बैंकको नयाँ भवन हस्तान्तरणको अन्तिम चरणमा
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको नयाँ भवन हस्तान्तरणको अन्तिम चरणमा पुगेको छ । २०७२ को विनाशकारी भूकम्पले बालुवाटारस्थित केन्द्रीय कार्यालयको भवन क्षतिग्रस्त बनेपछि सरकारले २०७६ असार २३ गते शिलान्यास गरी नयाँ भवन निर्माण गर्न सुरु गरेको थियो । नयाँ भवनको शिलान्यास तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।  

२०७२ वैशाख १२ गतेको महा भूकम्पका कारण बैंकको केन्द्रीय कार्यालय भवन क्षतिग्रस्त भएपछि त्यसलाई भत्काइ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँगको समन्वयमा नयाँ भवन निर्माणको प्रक्रिया अघि बढाइएको थियो । यसको निम्ति २ अर्ब ८ करोड रूपैयाँमा निर्माण सम्पन्न गर्ने गरी २०७५ फागुन २९ गते समानान्तर जेभीसँग भवन निर्माणसम्बन्धी सम्झौता भएको थियो ।

CG Motors
Muktinath Bikas Bank Limited

६१ रोपनीभन्दा बढी क्षेत्रफल रहेको बैंक परिसरमा ५,०३२ वर्ग मिटरमा वेसमेन्ट दुई तला र जमीनमाथि चार तलासहितको अत्याधुनिक भवन निर्माण भएको छ ।  

कुल ६१ रोपनी ७ आना निर्माणका लागि छुट्टाइएकोमा ४५ रोपनी भवनको लागि र बाँकी १६ रोपनीमा ४०० मिटर सडक, पार्क, वाटर फाउन्डेसन, वृक्षारोपण र बगैँचा जस्ता संरचना निर्माण भएका छन्।  

नयाँ निर्माण गरिएको भवन भूकम्प प्रतिरोधात्मक,अपाङ्गमैत्री र वातावरणमैत्री रहेको राष्ट्र बैंकले जनाएको छ । भवनमा ४ सय २८ वटा कोठा छन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.