शनिबार, फाल्गुन १०,२०८१ 03:50:35
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 03:50:35
IME remit
Global IME Bank Limited

समस्याग्रस्त सेयर मार्केट्सको व्यवस्थापन समूहको संयोजकका लागि आवेदन दिने आज अन्तिम दिन

Hyundai Nepal
समस्याग्रस्त सेयर मार्केट्सको व्यवस्थापन समूहको संयोजकका लागि आवेदन दिने आज अन्तिम दिन
Nabil Bank Limited

काठमाण्डौ। समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको संयोजकका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले संयोजनका लागि प्रथमपटक फागुन १४ गते र दोस्रोपटक चैत ७ गते दरखास्त आह्वान गरेको थियो ।  

माग गरिएको उम्मेदवारको न्यूनतम शैक्षिक योग्यता व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नाकोत्तर गरेको र बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव प्राप्त गरेको बैंकिङ विज्ञ हुनुपर्ने जनाइएको छ ।    

Shivam Cement
CG Motors
Sagarmatha Cement

संयोजकको सेवाअवधि १ वर्ष (आवश्यकता तथा कार्य प्रगतिका आधारमा ६/६ महिनाका लागि दुई पटकसम्म सेवा अवधि नवीकरण गर्न सकिने)को हुनेछ। दरखास्त दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ३५ वर्ष पुरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ।

परीक्षाको किसिम कार्ययोजना तथा सोको प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ। दरखास्त स्वीकृत भएका उम्मेदवारको नामावली, कार्ययोजना प्रस्तुतीकरणको समयतालिका र अन्तर्वार्ताका लागि छनौट भएका उम्मेदवारको सूची तथा समयतालिका बैंकको वेवसाइटमा प्रकाशन गरिने छ। पारिश्रमिक तथा अन्य सुविधा रु९ १ लाख २६ हजार ३०० मासिक पारिश्रमिक (नियमानुसारको करसहित) प्रदान गरिनेछ। दशैं खर्चबापत एक महिनाको पारिश्रमिकबराबरको रकम प्रदान गरिनेछ।  

सोबाहेक अन्य कुनै प्रकारको भत्ता प्रदान नगरिने सूचनामा उल्लेख गरिएको छ । भइपरी आउने बिदा वार्षिक १२ दिनसम्म पाइने जनाइएको छ ।    

दरखास्त फाराम छनौट समितिको सचिवालयमा पेस गर्नुपर्नेछ।  दरखास्त फाराम र सोका साथ पेस गर्नुपर्ने विवरण,व्यावसायिक कार्ययोजनाको ढाँचा तथा कार्यादेशसम्बन्धी जानकारी छनौट समितिको सचिवालयबाट उपलब्ध हुनेछ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.