बुधबार, आश्विन ३०,२०८१ 02:19:44
IME remit
  • बुधबार, आश्विन ३०,२०८१ 02:19:44
IME remit
Global IME Bank Limited

बैंकका कर्मचारीले ढुक्कले दशैं मनाउन पाउने, राष्ट्रबैंकले हटाइदियो असोज २५ पछि पनि कार्यालय खोल्नैपर्ने नियम

Hyundai Nepal
बैंकका कर्मचारीले ढुक्कले दशैं मनाउन पाउने, राष्ट्रबैंकले हटाइदियो असोज २५ पछि पनि कार्यालय खोल्नैपर्ने नियम
Nabil Bank Limited

काठमाण्डौ । दशैंको टिकाको दिन र अघिपछिका अन्य दिन समेत बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना केही शाखाहरुको सेवा सुचारु नै राख्नुपर्ने बाध्यता हटाइएको छ ।  

नेपाल राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो । 

Bizshala
Shivam Cement
CG Motors

राष्ट्रबैंकले २०७५ असार ६ गते एक सूचना जारी गर्दै इजाजतपत्रप्राप्त सबै बैंक तथा वित्तीय संस्थाहरुले वर्षभरि नै असोज, पुस, चैत र असार महिनाको अन्तिम साता २५ गते र सो पछिको मसान्तसम्म शनिवार लगायत जुनसुकै सार्वजनिक विदा परेता पनि राजश्व बुझ्ने प्रयोजनका लागि नेपाल राष्ट्रबैंक लगायत राजश्व कारोबार गर्ने सम्पूर्ण बंैकहरु, चेक क्लियरिङ गर्ने प्रयोजनका लागि अन्य बैंक तथा वित्तीय संस्थाहरु एवम् नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुल्ला गरी राजश्व बुझ्ने व्यवस्था मिलाउने व्यवस्था गरेको थियो । यो व्यवस्थाका आधारमा यो पटक २६ गते परेको विजयादशमीको टिका तथा असोज २५ गतेपछि बैंक तथा वित्तीय संस्थाहरु मसान्तसम्म नै पूर्णकालीन रुपमा खुलाउनुपर्ने भए पनि त्यसमा केन्द्रीय बैंकले छुट दिएको हो । 

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

अब २०८१ सालको प्रथम त्रैमासको अन्तिम हप्तामा बडादशैं पर्न गएको र सो पश्चात असोज २९, ३० गते कार्यालयहरु खुल्ला रहने हुँदा २०८१ असोजका लागि समेत असोज २५ गतेपछि कार्यालय खुल्लै राख्नुपर्ने व्यवस्थाअनुसार कार्यालय तथा शाखा कार्यालय पूर्णकालीन रुपमा खुला गरी सञ्चालन गर्न अनिवार्य नहुने व्यवस्था गरिएको केन्द्रीय बैंकले सर्कुलरमार्फत प्रष्ट पारेको छ । 

यो सर्कुलरसँगै दशैंजस्तो पर्वमा पनि काममै खटिनुपर्ने हो कि भन्ने बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको त्रास अन्त्य भएको छ । अब उनीहरुले ढुक्कले आफ्नो परिवारसँग बसेर पर्व मनाउन पाउने छन् ।  

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.