शनिबार, फाल्गुन १०,२०८१ 04:02:04
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 04:02:04
IME remit
Global IME Bank Limited

धितोपत्र बजार पुँजीकरणमा कमजोर बन्दै वाणिज्य बैंक, बीमा कम्पनी थप बलियो बन्दै

Hyundai Nepal
धितोपत्र बजार पुँजीकरणमा कमजोर बन्दै वाणिज्य बैंक, बीमा कम्पनी थप बलियो बन्दै
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्षको सात महिनामा नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा साढे ८२ अर्ब रुपैयाँको धितोपत्र सूचीकृत भएको छ ।  

नेपाल राष्ट्र  बैंकका अनुसार आव २०८०/८१ को माघ महिनासम्ममा ८२ अर्ब ५६ करोड रुपैयाँको धितोपत्र सूचीकृत भएको हो ।  

जसमा ६५ अर्ब ८६ करोड रुपैयाँको साधारण सेयर (आईपीओ), १० अर्ब ५९ करोड रुपैयाँको बोनस सेयर, ६ अर्ब १० करोड रुपैयाँको हकप्रद र ३ करोड रुपैयाँको एफपीओ सूचीकृत छन् ।  

गत वर्षको यसै अवधिसम्म नेप्सेमा १ खर्ब ५० अर्ब ६७ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको थियो । जसमा ६४ अर्ब ७५ करोड रुपैयाँको साधारण सेयर, ३५ अर्ब रुपैयाँको सरकारी बण्ड, २८ अर्ब ४४ करोड रुपैयाँको डिबेञ्चर, १४ अर्ब ३२ करोड रुपैयाँको बोनस सेयर, ४ अर्ब ४९ करोड रुपैयाँको म्युचुअल फण्ड र ३ अर्ब ६७ करोड रुपैयाँको हकप्रद सेयर छन् । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

गत वर्षको तुलनामा यस वर्ष नेप्सेमा सूचीकृत धितोपत्र रकम ४५.२० प्रतिशतले घटेको छ । गत वर्षको तुलनामा यस वर्ष सूचीकृत सेयर संख्या समेत घट्न पुगेको छ ।  

चालु आवको ७ महिनामा विभिन्न कम्पनीहरुको १ अर्ब ३ करोड कित्ता धितोपत्र सूचीकृत भएको छ । जुन यो गत वर्षको तुलनामा २२.८४ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिसम्ममा विभिन्न कम्पनीहरुको साधारण सेयर, हकप्रद, बोनस, फण्डको इकाई, ऋणपत्र र सरकारी बण्ड गरी कुल १ अर्ब ३४ करोड कित्ता सेयर÷इकाई सूचीकृत भएको थियो ।  

चालु आर्थिक वर्षमा सरकारी बण्ड, बैंकहरुको ऋणपत्र र सामूहिक लगानी कोष तथा म्युचुअल फण्डका इकाईहरु सूचीकृत नहुँदा नेप्सेमा धितोपत्र सूचीकृत संख्या र रकम कम देखिन पुगेको हो ।  

नेपाल धितोपत्र बोर्ड (सेबोन)का निवर्तमान अध्यक्ष रमेशकुमार हमालले पदबाट राजिनामा दिएपछि गत पुष २० गतेदेखि धितोपत्र बोर्ड अध्यक्षबिहीन छ । साढे दुई महिनायता बोर्ड अध्यक्षबिहीन हुँदा पोलिसी लगायत धितोपत्र इस्युका कुराहरु रोकिएका छन् ।  

५० भन्दा बढी कम्पनीका धितोपत्र निष्कासनका कार्यहरु रोकिएका छन् । कम्पनीहरुले समयमा नै आईपीओ, राइट सेयर, ऋणपत्र तथा म्युचुअल फण्ड जारी गर्न नपाउँदा धितोपत्र बजार पुँजीकरण पर्याप्त बृद्धि हुन सकेको छैन ।  

२०८० माघ मसान्तसम्म धितोपत्र बजार पुँजीकरण ३३ खर्ब २ अर्ब रुपैयाँ कायम भएको छ । जुन यो गत वर्षको तुलनामा जम्मा ४.६० प्रतिशतले मात्रै बढी हो । गत वर्षको यसै अवधिसम्म धितोपत्र बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब रुपैयाँ थियो ।  

बजार पुँजीकरणमा कुन समूहले कति हिस्सा थपे ?  

धितोपत्र बजार पुँजीकरणमा सर्वाधिक बीमा कम्पनीहरुले हिस्सा थपेका छन् । गत आवको सात महिनामा ८ अर्ब ३१ करोड रुपैयाँको धितोपत्र सूचीकृत गराई ५.५ प्रतिशत मात्रै हिस्सा कायम गरेको बीमा कम्पनीहरुले यस वर्ष ३० अर्ब ३९ करोड रुपैयाँको धितोपत्र सूचीकृत गराई ३६.८ प्रतिशत हिस्सा थप्न सफल भएका छन् ।  

चालु आर्थिक वर्षमा चारवटा जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गरेका थिए । आइएमई लाइफ, सिटिजन्स लाइफ, रिलायबल नेपाल लाइफ, सन–नेपाल लाइफ इन्स्योरेन्सले आईपीओ जारी गरी धितोपत्र नेप्सेमा सूचीकृत गराएकोले बजार पुँजीकरणमा बीमा कम्पनीको हिस्सा धेरै थपिन पुगेको हो । नेप्सेमा जीवन तथा निर्जीवन गरी कुल २४ वटा बीमा कम्पनी सूचीकृत छन् ।  

त्यस्तै, कमर्सियल बैंकहरुको भने गत वर्षको तुलनामा धितोपत्र बजार पुँजीकरणमा हिस्सा घट्न पुगेको छ । १९ वटा बैंकहरुले माघ मसान्तसम्म १९ अर्ब ७८ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत गराई बजार पुँजीकरणमा २४ प्रतिशत हिस्सा थप गरेका छन् । तर यो हिस्सा गत वर्षको तुलनामा भने ३२.६ अंकले कम हो ।  

गत वर्षको यसै अवधिसम्म कमर्सियल बैंकहरुले ८५ अर्ब २१ करोड रुपैयाँको धितोपत्र सूचीकृत गराई बजार पुँजीकरणमा ५६.६ प्रतिशत हिस्सा थपेका थिए । नेप्सेमा कुल १९ वटा वाणिज्य बैंक सूचीकृत छन् ।  

पछिल्लो समय बैंकहरुले आफ्ना सेयरधनीलाई दिने लाभांश क्षमता घट्दै गइरहेका कारण पनि बजार पुँजीकरणमा हिस्सा बढाउन नसकेका हुन् । बैंकहरुको निष्क्रिय कर्जा अनुपातमा बृद्धि हुन गई सम्भावित कर्जा नोक्सानीबापतको प्रोभिजन रकम बढ्दा बैंकहरुले लाभांश क्षमता घटाइरहेका छन् । यसले बजार पुँजीकरणमा समेत कमर्सियल बैंकहरुको हिस्सा घट्दै गएको देखिन्छ ।  

साथै विकास बैंकहरुले पनि २ अर्ब ६५ करोड रुपैयाँको धितोपत्र सूचीकृत गराई ३.२ प्रतिशत धितोपत्र बजार पुँजीकरण हिस्सा थपेका छन् । गत वर्षको यसै अवधिसम्म विकास बैंकहरुको पुँजीकरण हिस्सा ०.५ प्रतिशत बढेको थियो ।  

त्यस्तै, वित्त समूहको ०.३ प्रतिशत र लघुवित्त समूहले ०.६ प्रतिशत हिस्सा थपेका छन् । फाइनान्स कम्पनीहरुले २३ करोड रुपैयाँ र माइक्रोफाइनान्सहरुले ५२ करोड रुपैयाँको धितोपत्र सूचीकृत गराएका छन्

सेयरबजारमा सर्वाधिक चहलपहल हुने हाइड्रोपावर समूहबाट १९.३ प्रतिशत धितोपत्र बजार पुँजीकरण हिस्सा थप भएको छ । नेप्सेमा सूचीकृत हाइड्रो कम्पनीहरुले १५ अर्ब ९२ करोड रुपैयाँको धितोपत्र सूचीकृत गराएका छन् । हाल नेप्सेमा ९१ वटा हाइड्रोपावर कम्पनी सूचीकृत छन् ।  

यता अन्य समूहतर्फबाट भने १५.८ प्रतिशत हिस्सा थप भएको छ । अन्य समूहका कम्पनीहरुले चालु आबको ७ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको धितोपत्र सूचीकृत गराएका छन् ।  

गत वर्ष यसै अवधिसम्म यी समूहका कम्पनीले ३८ अर्ब ९८ करोड रुपैयाँको धितोपत्र सूचीकृत गराई २५.९ प्रतिशत बजार पुँजीकरण हिस्सा थपेको थियो ।  

अन्य समूहअन्तर्गत ६ वटा कम्पनी रहेका छन् । दुई पुनर्बीमा कम्पनी, मुक्तिनाथ कृषि, नेपाल रिपब्लिक, नेपाल टेलिकम र नेपाल वेयरहाउजिङ कम्पनी छन् । सेयरबजारमा सर्वाधिक ठूलो कम्पनी नेपाल टेलिकमले पछिल्लो वर्षहरुमा लाभांश क्षमता घटाइरहेकाले अन्य समूहको बजार पुँजीकरण हिस्सा घट्न पुगेको हो  ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.