सोमबार, मंसिर ७,२०८३ 01:44:01
  • सोमबार, मंसिर ७,२०८३ 01:44:01
Global IME Bank Limited

नयाँदिल्लीमा बालेन–मोदी नेतृत्वको उच्चस्तरीय वार्ता सम्पन्न, नेपाल–भारत सहकार्यका विषयमा छलफल

Bizshala
नयाँदिल्लीमा बालेन–मोदी नेतृत्वको उच्चस्तरीय वार्ता सम्पन्न, नेपाल–भारत सहकार्यका विषयमा छलफल
New Office

 

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीको नेतृत्वमा नेपाल र भारतबीच उच्चस्तरीय प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न भएको छ।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शाह र मोदीबीच सोमबार नयाँदिल्लीमा द्विपक्षीय वार्ता भएको हो।

दुवै देशका प्रधानमन्त्रीको नेतृत्वमा भएको बैठकमा नेपाल र भारतका उच्च सरकारी अधिकारी तथा कूटनीतिक प्रतिनिधिहरूको सहभागिता थियो।

नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी थिए।

CG Motors
Garima Development Bank
IME remit

त्यसैगरी भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय डा. पी.के. मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला तथा अतिरिक्त सचिव मनु महावरलगायत उच्च अधिकारीहरूको सहभागिता थियो।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भएको यो उच्चस्तरीय वार्तालाई नेपाल–भारत द्विपक्षीय सम्बन्धका दृष्टिले महत्वपूर्ण मानिएको छ।

प्रतिनिधिमण्डलस्तरीय वार्तापछि दुई देशबीच विभिन्न समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। त्यसपछि प्रधानमन्त्री शाह र मोदीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

वार्तामा भएका ठोस निर्णय तथा समझदारीका विषयमा भने विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.