काठमाण्डौ । नेपाल राष्ट्रबैंकको बैंकिङ र मुद्रा व्यवस्थापन विभाग थापाथलीस्थित नवनिर्मित भवनमा स्थानान्तरण भएको छ ।
राष्ट्रबैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै यी दुवै विभागको सेवा पुस १ गतेदेखि थापाथलीस्थित बैंकको नवनिर्मित भवनबाट पाइने प्रष्ट पारेको हो ।
थापाथलीमा रहेको धेरै पुरानो भवन भूकम्पबाट समेत क्षतिग्रस्त भएपछि भत्काएर नयाँ बनाउन थालिएको थियो । भवन बन्न थालेपछि साबिकमा सोही ठाउँमा रहेको मुद्रा व्यवस्थापन विभाग अन्यत्र सारिएको थियो ।
अब नयाँ भवन बनेसँगै सो विभाग पुरानै ठाउँमा फर्किएको हो । सँगै बैंकिङ विभागलाई समेत त्यहाँ स्थानान्तरण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .png) 
                                        (236).jpg) 
                                        .jpg) 
                                        (1)(2)(3).png) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                