मंगलवार, श्रावण ५,२०८३ 03:20:10
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 03:20:10
Bizshala
Global IME Bank Limited

विदेश पढ्न जानेलाई ५% बढी विदेशी मुद्रा सुविधा

विदेश पढ्न जानेलाई ५% बढी विदेशी मुद्रा सुविधा
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशमा अध्ययन गन जाने विद्यार्थीको खातामा तोकिएको भन्दा बढी विदेशी मुद्रा राख्न पाउने व्यवस्था गरेको छ ।  

केन्द्रीय बैंकले आज विदेशी विनिमय कारोबार गर्ने निकायलाई जारी गरेको एकीकृत परिपत्र–२०८२ लाई संशोधन गर्दै वैदेशिक अध्ययन प्रयोजनका लागि देखाउनुपर्ने बैंक खातामा तोकिएभन्दा ५ प्रतिशत बढी ब्यालेन्स राख्न पाउने व्यवस्था गरेको हो ।  

संशोधित व्यवस्थाअनुसार राष्ट्र बैंकले भारत बाहेकका अन्य देशहरूमा अध्ययनका लागि जाने विद्यार्थीलाई प्रदान गरिने सटही सुविधा थप सहज बनाएको हो ।

नयाँ व्यवस्थाअनुसार विदेशमा अध्ययन गर्न जाने वा अध्ययनरत विद्यार्थीको भिसा प्राप्ति, नवीकरण तथा दैनिक निर्वाह खर्चका लागि सम्बन्धित देशको दूतावास वा सरकारी निकायले आवश्यक ठहर गरेमा विद्यार्थीको खातामा तोकिएको रकमभन्दा बढीमा ५ प्रतिशतसम्म अतिरिक्त विदेशी मुद्रा राख्न सकिने व्यवस्था गरिएको छ ।

यसैगरी, राष्ट्र बैंकले तोकेको परिवत्र्य विदेशी मुद्राको सूचीमा नपरेका स्थानीय मुद्रामा निश्चित रकम देखाउनुपर्ने प्रावधान रहेको पुष्टि हुने कागजात पेश भएमा आवश्यक रकम बराबरको सटही सुविधा उपलब्ध गराइने जनाएको छ ।

राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा सटही गर्दा विनिमय दरमा हुने उतारचढावका कारण थप खर्च कति लाग्ने भन्ने यकिन गर्न नसकिने अवस्थामा पठाउनुपर्ने रकममा अधिकतम ५ प्रतिशतसम्म थप गरी अमेरिकी डलर वा अन्य परिवत्र्य विदेशी मुद्रा पठाउन सकिने व्यवस्था गरिएको छ ।

विद्यार्थीहरूले निर्वाह खर्चका लागि २५०० देखि ५००० अमेरिकी डलरसम्मको सटही सुविधा प्राप्त गर्न सक्नेछन् । उक्त रकम नेपालस्थित अभिभावकले विद्यार्थीलाई पठाउन सक्नेछन् । साथै, अन्य शुल्कका हकमा आवश्यक प्रमाणित कागजातका आधारमा अनुमति दिइने राष्ट्र बैंकले जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.