आईतवार, असार २८,२०८३ 10:21:04
Bizshala
  • आईतवार, असार २८,२०८३ 10:21:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निष्क्रिय खाता न्यूनीकरण गर्न राष्ट्र बैंकको निर्देशन, पुसभित्र कार्ययोजना लागू गर्नुपर्ने

Laxmi Sunrise Bank Limited
निष्क्रिय खाता न्यूनीकरण गर्न राष्ट्र बैंकको निर्देशन, पुसभित्र कार्ययोजना लागू गर्नुपर्ने

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेका निष्क्रिय खाताको संख्या घटाउन नयाँ व्यवस्था लागू गरेको छ। राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनीलाई निष्क्रिय खाता न्यूनीकरणका लागि कार्ययोजना तयार गरी २०८३ पुस मसान्तभित्र कार्यान्वयन गर्न निर्देशन दिएको हो।

शुक्रबार जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन तथा परिमार्जन गर्दै राष्ट्र बैंकले निष्क्रिय खाता व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न व्यवस्था गरेको छ।

निर्देशनअनुसार, सक्रिय खाता निष्क्रिय हुनुअघि बैंक तथा वित्तीय संस्थाले सम्बन्धित ग्राहकलाई फोन, एसएमएस, इमेललगायतका माध्यमबाट नियमित रूपमा जानकारी गराउनुपर्नेछ। साथै, निष्क्रिय भइसकेका खाता पुनः सक्रिय गराउन कम्तीमा प्रत्येक छ महिनामा ग्राहकसँग सम्पर्क गरी अनुरोध गर्नुपर्ने र त्यसको अभिलेख सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ।

New Office
CG Motors
Garima Development Bank

राष्ट्र बैंकले ग्राहकलाई आफ्ना खाता सहज रूपमा बन्द गर्न सकिने व्यवस्था गर्न पनि निर्देशन दिएको छ। अब ग्राहकले बैंकको नेपालभर रहेका जुनसुकै शाखा कार्यालय वा मोबाइल तथा वेब एप्लिकेसनमार्फत खाता बन्द गर्न सक्नेछन्।

ग्राहकले शाखामा उपस्थित भएर वा डिजिटल माध्यमबाट खाता बन्द गर्न अनुरोध गरेमा उक्त खातामा रहेको मौज्दात ग्राहकले तोकेको अन्य बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नै खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्ने व्यवस्था गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै, बैंक तथा वित्तीय संस्थाले नेपालभरका जुनसुकै शाखाबाट ग्राहकको पहिचान गरी निष्क्रिय खाता पुनः सक्रिय गर्न सक्ने सहज व्यवस्था मिलाउनुपर्ने राष्ट्र बैंकले स्पष्ट गरेको छ।

यसका साथै, पुनः सञ्चालनमा आएका निष्क्रिय खातामार्फत हुने अस्वाभाविक वा शंकास्पद कारोबारको निगरानी गर्न आवश्यक प्रणाली विकास गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.