मंगलवार, असार १७,२०८२ 01:35:21
  • मंगलवार, असार १७,२०८२ 01:35:21
Global IME Bank Limited

बैंकिङ प्रणालीमा थुप्रियो ६१.८६ खर्ब निक्षेप, अन्तरबैंक ब्याजदर ३%

Hyundai Nepal
बैंकिङ प्रणालीमा थुप्रियो ६१.८६ खर्ब निक्षेप, अन्तरबैंक ब्याजदर ३%
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ २ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ८६ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन रहेको छ । केन्द्रीय बैंकका अनुसार जेठ १ गतेसम्म पनि बैंकिङ प्रणालीमा ६१ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।  

वाणिज्य बैंकहरुको निक्षेप पनि स्थिर देखिएको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब ६८ अर्ब रुपैयाँ रहेको छ ।  

यस्तै अन्य वित्तीय संस्थाको निक्षेप पनि स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब १४ अर्ब रुपैयाँ रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बैंकिङ प्रणालीको कुल कर्जा प्रवाह भने घटेको छ । जेठ १ गतेसम्म ५१ खर्ब १० अर्ब रहेको कर्जा प्रवाह १ अर्बले घटेर जेठ २ गतेसम्म ५१ खर्ब ९ अर्ब रुपैयाँमा सीमित बनेको छ । सीडी रेसियो  ८०.३५ प्रतिशतबाट घटेर ८०.३४ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर भने केन्दीय बैंकले राखेको ३ प्रतिशतको औषत लक्ष्य जति पुगेको छ । अन्तरबैंक ब्याजदर २.८९ प्रतिशतबाट बढेर ३.०१ प्रतिशत कायम भएको छ । 

राष्ट्र बैंकले अधिक तरलता देखिएपछि बजारबाट निक्षेप संकलनमार्फत तरलता खिचेको थियो । जसका कारण अन्तरबैंक ब्याजदर बढेर ३ प्रतिशत कायम हुन पुगेको हो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.