शनिबार, असार १३,२०८३ 01:31:53
Bizshala
  • शनिबार, असार १३,२०८३ 01:31:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गौतम अडाणी फेरि बने एशियाको सबैभन्दा धनी व्यक्ति, अमेरिकी अदालतबाट क्लिन चिट पाएपछि थपियो १० अर्ब डलर

Laxmi Sunrise Bank Limited
गौतम अडाणी फेरि बने एशियाको सबैभन्दा धनी व्यक्ति, अमेरिकी अदालतबाट क्लिन चिट पाएपछि थपियो १० अर्ब डलर

काठमाण्डौ । अडानी समूहका अध्यक्ष भारतीय धनाढ्य गौतम अडाणी करिब एक महिनापछि पुनः एशियाका सबैभन्दा धनी व्यक्तिको स्थानमा पुगेका छन्। फोर्ब्सको रियल टाइम अर्बपति सूचीअनुसार अडानीको कुल सम्पत्ति बढेर करिब ९० अर्ब अमेरिकी डलर पुगेको छ । अडानी समूहका विभिन्न कम्पनीहरूको सेयर मूल्यमा आएको उल्लेखनीय वृद्धिपछि उनको सम्पत्तिमा ठूलो उछाल आएको हो।

यो वृद्धिसँगै उनले मुकेश अम्बानी र मासायोसी सनलाई पछि पार्दै एशियाकै सबैभन्दा धनी व्यक्तिको उपाधि पुनः हासिल गरेका छन्। अप्रिल २०२६ मा पनि अडाणी शीर्ष स्थानमा रहेका थिए, तर सेयर बजारमा आएको गिरावटका कारण मे महिनामा उनी तेस्रो स्थानमा झरेका थिए।

New Office
CG Motors
Garima Development Bank

हाल अडाणीपछि दोस्रो स्थानमा मुकेश अम्बानी र तेस्रो स्थानमा मासायोशी सन रहेका छन्। सन् २०२६ को सुरुदेखि नै अडानी समूहका कम्पनीहरूको सेयरमा वृद्धि देखिएको छ। समूहका विभिन्न कम्पनीका सेयरहरू २३ प्रतिशतदेखि ५६ प्रतिशतसम्म बढेका छन्।

अमेरिकी कानूनी प्रक्रियासम्बन्धी सकारात्मक घटनाक्रम र लगानीकर्ताको बढ्दो विश्वासका कारण पछिल्लो एक महिनामा अडाणीको सम्पत्तिमा करिब १० अर्ब अमेरिकी डलर थपिएको बताइएको छ। यसअघि समूहमाथि लगाइएका विभिन्न आरोपहरूले कम्पनीका सेयरहरूमा दबाब सिर्जना गरेको थियो। 

सन् २०२३ मा हिन्डन्स बर्ग रिसर्चले अडाणी समूहमाथि गम्भीर आरोप लगाएको थियो, जसपछि समूहका सेयरहरूमा ठूलो गिरावट आएको थियो। तर पछिल्ला वर्षहरूमा नियामक निकायहरूबाट आएका निष्कर्ष र बजारको विश्वास पुनः फर्किएसँगै समूहका कम्पनीहरूमा सुधार देखिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

फोर्ब्सको सूचीअनुसार गौतम अडाणी हाल विश्वका २३औँ धनी व्यक्ति हुन्। उनीपछि मुकेश अम्बानी र मसायोशी छन्। विश्वकै धनी व्यक्तिको सूचीमा भने अमेरिकी धनाढ्य एलन मस्क रहेका छन्। यस्तै दोस्रो स्थानमा ल्यारी पेज र तेस्रो स्थानमा ल्यारी एलिसन रहेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.