बुधबार, असार १०,२०८३ 10:50:12
Bizshala
  • बुधबार, असार १०,२०८३ 10:50:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिटिजन्स बैंक र एपीआई बैंकिङ प्लेटफर्म र्यापिडबीच सहकार्य, बैंकका कर्पोरेट ग्राहकलाई अब एउटै प्लेटफर्मबाट सबै बैंकिङ सुविधा

Laxmi Sunrise Bank Limited
सिटिजन्स बैंक र एपीआई बैंकिङ प्लेटफर्म र्यापिडबीच सहकार्य, बैंकका कर्पोरेट ग्राहकलाई अब एउटै प्लेटफर्मबाट सबै बैंकिङ सुविधा

काडमाण्डौ । सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न, फण्ड ट्रान्सफर गर्न, ईएमआई भुक्तानी गर्न तथा तलब वितरण गर्न फरक–फरक प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् ।

यसका लागि एपीआई बैंकिङ प्लेटफर्म र्यापिड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडबीच सहकार्य भएको छ । सहकार्यसँगै सिटिजन्स बैंकको प्रणालीमा ‘र्यापिड’ एकीकृत गरिएको छ ।

अब बैंकका ग्राहकले आफ्नै सफ्टवेयर वा ईआरपी प्रणालीमार्फत एउटै प्लेटफर्म प्रयोग गरेर विभिन्न बैंकिङ सेवा सञ्चालन गर्न सक्नेछन् । प्रयोगकर्ताले कनेक्ट विथ एपीआई बैंकिङ विकल्पमार्फत आफ्नो बैंक खाता लिंक गर्न सक्नेछन् । गोक्यो ल्याब्सका बिजनेस प्रमुख अशितोष साहका अनुसार यस सहकार्यले सिटिजन्स बैंकका कर्पोरेट ग्राहकको सेवा प्रवाहमा ठूलो रूपान्तरण ल्याउनेछ ।

New Office
CG Motors
Garima Development Bank

वित्तीय कामकाजलाई डिजिटल रूपमा एकीकृत गर्दै व्यवसायहरूको समय, लागत र सञ्चालनसम्बन्धी झन्झट उल्लेखनीय रूपमा घट्ने उनको भनाइ छ ।

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले सेवा प्रयोग गर्न बैंकमा एक पटक मात्र मोबाइल बैंकिङजस्तै फाराम भर्नुपर्नेछ । त्यसपछि अधिकांश सेवा अनलाइनमार्फत सञ्चालन गर्न सकिने बैंकले जनाएको छ । ‘र्यापिड’ले ग्राहकको अनुमति प्रक्रियालाई पनि डिजिटल बनाएको छ, जसले थप सहजता र पारदर्शिता ल्याउने विश्वास गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सुरक्षाका दृष्टिले ‘र्यापिड’मा एण्ड–टु–एण्ड इन्क्रिप्सन, मल्टिलेयर भेरिफिकेशन तथा अत्याधुनिक सुरक्षा प्रोटोकल प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसले सबै प्रकारका डिजिटल ट्रान्जेक्सनलाई सुरक्षित बनाउने दाबी गरिएको छ ।

‘र्यापिड’ एक एपीआई आधारित बैंकिङ प्लेटफर्म हो, जसले बैंकिङ एज ए सर्भिस मोडलमार्फत बैंक, फिनटेक तथा डिजिटल सेवा प्रदायकलाई जोड्ने काम गर्छ ।

कम्पनीका अनुसार एपीआई बैंकिङ अवधारणालाई सहज र पहुँचयोग्य बनाउँदै साना, मझौला तथा ठूला व्यवसायलाई समान रूपमा डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.