सिटिजन्स बैंकका ग्राहकले एकता बुक्सका आउटलेटमा १५% सम्म छुट पाउने
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथली काठमाण्डौस्थित एकता बुक्सबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले एकता बुक्सको थापाथली,मानभवन,पोखरा र इटहरी आउटलेटमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

