सोमबार, फाल्गुन ११,२०८२ 01:34:44
Bizshala
  • सोमबार, फाल्गुन ११,२०८२ 01:34:44
Bizshala
Global IME Bank Limited

लाभांश पारित गर्न सिटिजन्स बैंकको साधारण सभा आज आयोजना हुँदै

लाभांश पारित गर्न सिटिजन्स बैंकको साधारण सभा आज आयोजना हुँदै
Shivam Cement

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९ औं वार्षिक साधारण सभा आज आया्ेजना हुँदैछ । उक्त सभा आज काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

सभामा गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै, बैंकको अधिकृत,चुक्ता तथा जारी पूँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमाम संशोधन गर्ने विषयमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

सभामा आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको बैंक तथा बैकको सहायक कम्पनीहरु सहितको एकीकृत वासलात र २०८१ साउन १ गतेदेखि २०८२ असारसम्मको नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने चालु आवका लागि लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सभामा संस्थापक समूह ‘क’ बाट १ जना र सर्वसाधारण समूह‘ख’बाट ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.