आईतवार, श्रावण १०,२०८३ 08:26:20
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 08:26:20
Bizshala
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा आवाज नेपाललाई सहयोग

सिटिजन्स बैंकद्वारा आवाज नेपाललाई सहयोग
New Office

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली प्रदेशको सुर्खेतमा अवस्थित आवाज नेपाललाई सहयोग प्रदान गरेको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट सञ्चालन भइरहेको र करिब ४० जना महिला र बालबालिकाहरूलाई सहयोग गरिरहेकोे सो संस्थालाई बैंकले करिब २ महिनासम्मलाई पुग्ने गरी सरसफाइ तथा उपभोग्य सामग्रीहरू उपलब्ध गराएको छ ।

संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप महिलाहरू र उनका बालबालिकाहरुलाई सामाग्रीहरु हस्तान्तरण गरेको हो । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थालाई बैंकको प्रयासमा सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी महशुस भएको बताए । संस्था तथा त्यहाँ रहेका बालबालिकाहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले यस्ता संस्थाहरुले एकल महिला र बालबालिकाको अधिकारकोे हेरचाहको लागि समाजमा उदाहरण बसाइ रहेको बताए ।  

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङबाट सेवा प्रदान गर्दै आईरहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.