आईतवार, भाद्र २३,२०८१ 07:48:17
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:48:17
IME remit
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा सबै प्रदेशमा लर्निङ्ग सेन्टर स्थापना, एकैपटक ३६५ जनाले प्रशिक्षण लिन सक्ने

Hyundai Nepal
सिटिजन्स बैंकद्वारा सबै प्रदेशमा लर्निङ्ग सेन्टर स्थापना, एकैपटक ३६५ जनाले प्रशिक्षण लिन सक्ने
Nabil Bank Limited

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो सबै प्रदेशको प्रदेश कार्यालयस्थित भवनमा लर्निङ्ग सेन्टर सञ्चालनमा ल्याएको छ । कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर,बाग्मती प्रदेशको काठमाण्डौ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा ‎एकसाथ बैंकले सबै लर्निङ्ग सेन्टरहरु सञ्चालनमा ल्याएको हो ।  

कर्मचारीहरुलाई तालिम प्रदान गर्न, प्रादेशिकस्तरका कार्यक्रमहरु सञ्चालन गर्न,विभिन्न किसिमका बैठक तथा गोष्ठीहरु सञ्चालन गर्न बैंकले लर्निङ्ग सेन्टरको स्थापना गरेको जनाएको छ । यो लर्निङ्ग सेन्टरबाट कोशीमा ५७, मधेशमा ७७, बाग्मतीमा ८०, गण्डकीमा ३३, लुम्बिनीमा ५६, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ गरि एकैपटक ३६५ जनाले कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् ।

आज बैंकको मुख्य कार्यालयमा आयोजित एक समारोहका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले भर्चुअल रुपमा लर्निङ्ग सेन्टरहरुको उद्घाटन गरेका छन् ।  समारोहलाई सम्बोेधन गर्दै अध्यक्ष पाण्डेले बैंकले स्थापना गरेको लर्निङ्ग सेन्टरमा कार्यक्रमहरु सञ्चालन गर्न सहजता हुने र सञ्चालन भएका कार्यक्रमहरुले कर्मचारीहरुको व्यक्तित्व र क्षमता विकासमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन एवं सबै प्रदेशका प्रदेश प्रमुखका साथै क्लसटर प्रमुखलगायत शाखा प्रमुखहरु गरी २६५ जना कर्मचारीहरुको उपस्थिति रहेकाे थियो । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज लर्निङ्ग सेन्टरहरुको उद्घाटन कै दिनमा देशभर रहेका सातवटै सेन्टरबाट कोशीमा २३, मधेशमा २०, बाग्मतीमा ४०, गण्डकीमा ९ , लुम्बिनीमा २३ , कर्णालीमा ५  र सुदूरपश्चिममा १०जना गरि १३० कर्मचारीहरुले प्रशिक्षण पनि लिएका छन् । बैंकले आफ्ना कर्मचारीहरुको क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकासका लागि विभिन्न तालिम तथा कार्यक्रमहरुको आयोजना गर्दै आएको छ र सबै प्रदेशमा लर्निङ्ग सेन्टरको स्थापनाले आगामी दिनमा अझ शसक्त ढंगले कर्मचारीहरूलाई आफ्नो कार्यस्थलमा कार्य सम्पादन गर्ने क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९४ वटा शाखा, १५७ वटा एटीएम. र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X