काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस(एनसीएचएल) बीच NPS – National Card Switch अन्तर्गत Domestic Card Scheme, EFT Switch मार्फत NepalPay Card संचालनका लागि माघ २७ गते मंगलबारका दिन सम्झौता भएको छ ।
सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र NCHL का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । यस सम्झौता अन्तर्गत सिटिजन्स बैंक, NCHL को EFT (Electronic Fund Transfer) Members भित्र NepalPay Card जारी गर्ने पहिलो बैंक भएको छ ।
यस पश्चात सिटिजन्स बैंकको ATM तथा POS Terminal हरुमा NepalPay Card साथै Discover, Diners, Pulse जस्ता International Card हरु पनि स्वीकार्य हुनेछन् । यससंगै बैंकका ग्राहकहरुले छिट्टैनै NCHL द्धारा जारी गरिने नेपालको आफ्नै कार्ड स्किम NepalPay Card पनि प्राप्त गर्न सक्नेछन् ।
बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।
फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटीएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ ईकाइहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

