आईतवार, श्रावण १०,२०८३ 08:22:40
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 08:22:40
Bizshala
Global IME Bank Limited

सिटिजन्स बैंकको १४.४४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

सिटिजन्स बैंकको १४.४४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
New Office

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ ।  

बैंकले विद्यमान संस्थापक सेयरधनी रविन्द्रमान सिंह प्रधानको नाममा रहेको १४ लाख ४४ हजार ८४ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य १०६ रुपैयाँ तोकिएको छ ।  

विद्यमान व्यवस्थाबमोजिम उक्त सेयर विद्यमान संस्थापक सेयरधनीलाई नै बिक्री गर्नुपर्ने हुँदा इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिन सक्नेछन् ।  

तोकिएको समयभित्र कुनैपनि आवेदन नपरेको खण्डमा प्रचलित कानूनबमोजिम उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.