आईतवार, श्रावण १०,२०८३ 08:27:02
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 08:27:02
Bizshala
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा दृष्टिविहीनहरुलाई सेतो छडी सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीनहरुलाई सेतो छडी सहयोग
New Office

 काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दृष्टिविहीनहरूलाई सेतो छडी प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको हकहित र अधिकार को निम्ति लामो समयदेखी निरन्तर रुपमा काम गर्दै आएको अपाङ्गता संरक्षण नेपाल संगको सहकार्यमा ९० जना दृष्टिविहीनहरूलाई सेतो छडी प्रदान गरेको छ । मधेश प्रदेश, सप्तरी जिल्लामा पूर्ण दृष्टिबिहीनहरुको सहभागितामा अपाङ्गता संरक्षण नेपालद्वारा अयोजित अन्तरक्रियात्मक कार्यक्रममा उपस्थीत दृष्टिविहीनहरुलाई बैंकले सो सामग्री हस्तान्तरण गरेको हो ।  

बैंकको यो सानो पहलबाट दृष्टिविहीनहरुको दैनिक कामकाज र आवतजावतमा सहजता प्राप्ति हुने विश्वास लिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ । हाल सालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । साथै, मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।  

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।    

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.