काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले २० औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा यही असोज २८ गते काठमाण्डौको डिल्लीबजारमा रहेको अमृतभोगमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा गत आवका लागि सेयरधनीहरुलाई ३.८० प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै, बैंकको चुक्ता तथा जारी पूँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमाम संशोधन गर्ने विषयमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विेशष प्रस्ताव पारित गरिनेछ ।
सभामा आव २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको बैंक तथा बैकको सहायक कम्पनीहरु सहितको एकीकृत वासलात र २०८३ असारसम्मको नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने चालु आवका लागि लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै बैंकको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।