शनिबार, श्रावण २३,२०८३ 12:37:25
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 12:37:25
Bizshala
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा विद्यालय र वृद्धाश्रमलाई सहयोग प्रदान

सिटिजन्स बैंकद्वारा विद्यालय र वृद्धाश्रमलाई सहयोग प्रदान
New Office

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले राइनास नगरपालिका ०८, लमजुङमा अवस्थित  श्री वीर भक्ति माध्यमिक विद्यालय र सर्वोदय सेवा श्रमलाई सहयोग प्रदान गरेको छ । 

ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सर्वोदय सेवा श्रमलाई बैंकले एक महिनालाई पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामाग्री उपलब्ध गराएको जनाएको छ ।  

यसका साथै, बैंकले श्री वीर भक्ति मध्यमिक विद्यालयका प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकको यस कार्यबाट न्यून आय भएका परिवारका बालबालिका लाभान्वित भएको बैंकले उल्लेख गरेको छ ।  

विद्यालय र सेवा श्रममा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।  

सिटिजन्स बैंक इन्टरनेसनलले देशभरका ९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ०७ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.