बुधबार, बैशाख २,२०८३ 10:46:29
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 10:46:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा ‘टपअप र फोनपे डाईरेक्ट गरौँ, बम्पर उपहार जितौँ!’अभियान सुरु

Bizshala
सिटिजन्स बैंकद्वारा ‘टपअप र फोनपे डाईरेक्ट गरौँ, बम्पर उपहार जितौँ!’अभियान सुरु
Shivam Cement

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे र एफवान सफ्टसँगको सहकार्यमा ‘टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ१’भन्ने नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियानअन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनुका साथै बम्पर उपहार आईफोन १६ प्राप्त गर्न सक्नेछन् ।

यस अभियानको मुख्य उद्देश्य डिजिटल कारोबारलाई प्रवद्र्धन गर्दै बैंकको मोबाइल बैंकिङ सेवाको प्रयोग बढाउने रहेको बैंकले जनाएको छ । बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै ग्राहकहरूलाई सजिलो, सुरक्षित र आधुनिक बैंकिङ सेवाको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । यस अभियानमा सहभागी हुन ग्राहकहरूले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमार्फत कम्तीमा रु १०० को मोबाइल टपअप र कम्तीमा रु ५०० को फोनपे डाइरेक्ट कारोबार गर्नुपर्नेछ । यी कारोबार पूरा गर्ने ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्नेछन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस अभियानअन्तर्गत हरेक हप्ता १०० जना भाग्यशाली विजेताले रु १०० को मोबाइल टपअप प्राप्त गर्नेछन् । त्यसैगरि, अभियानको अन्त्यमा एक भाग्यशाली ग्राहकलाई नयाँ आईफोन १६ प्रदान गरिनेछ । यो अभियान चैत्र १ गते देखि चैत्र ३१ गते सम्म सञ्चालन हुनेछ । सिटिजन्स बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई यस अभियानमा सहभागी भई रोमाञ्चक उपहार जित्ने अवसर लिन अनुरोध गरेको छ । थप जानकारीका लागि नजिकको सिटिजन्स बैंकको शाखामा सम्पर्क गर्न वा बैंकको औपचारिक वेबसाइट तथा सामाजिक सञ्जाल पेजहरू हेर्न सकिनेछ ।

CG Motors
Garima Development Bank
IME remit

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६६ वटा एटीएम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.