बुधबार, बैशाख २,२०८३ 10:47:08
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 10:47:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इम्पेयरमेन्ट चार्ज बढ्दा सिटिजन्स बैंकको नाफा १५.४५% ले घट्यो

Bizshala
इम्पेयरमेन्ट चार्ज बढ्दा सिटिजन्स बैंकको नाफा १५.४५% ले घट्यो
Shivam Cement

काठमाण्डो । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो नाफा अघिल्लो आवको तुलनामा १५.४५ प्रतिशतले कम हो ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्म बैंकले ७८ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । खुद ब्याज आम्दानी ८.२६ प्रतिशतले बढेर ३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।  

यद्यपी बैंकको खुद सञ्चालन आम्दानी भने २.३२ प्रतिशतले घट्दै २ अर्ब ५४ करोड रुपैयाँमा सीमित बनेको छ । बैंकको रिटेन्ड अर्निङ ६१ करोड ३२ लाख रुपैयाँबाट बढेर ७० करोड ९४ लाख रुपैयाँ पुगेको छ । रिजर्भको आकार भने ६ अर्ब ७६ करोड रुपैयाँबाट घटेर ६ अर्ब ६० करोड रुपैयाँमा झरेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

१ खर्ब ८८ अर्ब रुपैयाँबराबरको निक्षेप संलकन गरेको बैंकले १ खर्ब ५३ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । बैंकको चुक्तापूँजी १४ अर्ब २० करोड रुपैयाँ रहेको छ ।  

यो अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज भने बढेको छ । अघिल्लो आवमा ८५ करोड ९५ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म २१ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य मुनाफा १५ करोड ८१ लाख रुपैयाँले धनात्मक बनेको छ । बैंकको वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी २.३५ रुपैयाँ रहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)८.९६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५४३.४५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५०.३९ रुपैयाँ,तरलता अनुपात २४.९० प्रतिशत र मूल्य आम्दानी अनुपात २३.५३ गुणा कायम भएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.