शुक्रबार, असार ५,२०८३ 02:55:23
Bizshala
  • शुक्रबार, असार ५,२०८३ 02:55:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कुन तहको कर्मचारीको तलब कति बढ्यो ? मुख्यसचिवको १ लाख ४ हजार, खरिदारको ५७ हजार पुग्ने

Laxmi Sunrise Bank Limited
कुन तहको कर्मचारीको तलब कति बढ्यो ? मुख्यसचिवको १ लाख ४ हजार, खरिदारको ५७ हजार पुग्ने
Shivam Cement

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत चार वर्षपछि राष्ट्रसेवक कर्मचारीको तलब तथा भत्तामा उल्लेख्य वृद्धि गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आधारभूत तलबमा १० प्रतिशत वृद्धि, थप १० प्रतिशत कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता तथा विद्यमान ५ हजार रुपैयाँ महँगी भत्तालाई यथावत् राख्ने घोषणा गरेका छन्।

सरकारका अनुसार नयाँ व्यवस्था लागू भएपछि कार्यरत कर्मचारीको कुल पारिश्रमिक औसतमा करिब २१ प्रतिशतले बढ्नेछ। तलब वृद्धि आगामी साउन १ गतेदेखि लागू हुनेछ।

Bizshala
New Office
CG Motors

अब कुन तहको कर्मचारीले कति पाउँछन् ?

नयाँ तलब संरचनाअनुसार मुख्यसचिवको मासिक पारिश्रमिक ग्रेडसहित १ लाख ४ हजार ८७ रुपैयाँ पुग्ने भएको छ। यसअघि मुख्यसचिवले आधारभूत रूपमा ७७ हजार २११ रुपैयाँ तलब पाउँदै आएका थिए।

त्यस्तै सचिवको मासिक पारिश्रमिक ९७ हजार ५०५ रुपैयाँ पुग्नेछ भने सहसचिवले ८८ हजार २८८ रुपैयाँ पाउनेछन्।

उपसचिवको मासिक पारिश्रमिक ७८ हजार २६८ रुपैयाँ पुगेको छ भने शाखा अधिकृतको ७० हजार ६७८ रुपैयाँ कायम हुने भएको छ।

तल्लो तहका कर्मचारीमा नायब सुब्बा (नासु) ले ५९ हजार ७५८ रुपैयाँ र खरिदारले ५६ हजार ८७४ रुपैयाँ मासिक पारिश्रमिक पाउनेछन्।

सरकार किन बढायो तलब ?

सरकारले पछिल्लो चार वर्षमा कर्मचारीको तलब पुनरावलोकन नभएको, तर यही अवधिमा उपभोक्ता मूल्य सूचकांकका आधारमा महँगी १७.३ प्रतिशतले बढेको तथ्य प्रस्तुत गरेको छ। कर्मचारीलाई सम्मानजनक जीवनयापनको अवसर दिन र सार्वजनिक सेवामा कार्यसम्पादन सुधार गर्न तलब वृद्धि गरिएको अर्थमन्त्री वाग्लेले बताएका छन्।

Garima Development Bank
Shivam Cement
Bizshala

पेन्सनरभन्दा कार्यरत कर्मचारीलाई बढी लाभ

यसपटकको बजेटमा सरकारले कार्यरत कर्मचारीलाई प्राथमिकतामा राखेको देखिन्छ। कार्यरत कर्मचारीको कुल पारिश्रमिक करिब २१ प्रतिशतले बढ्दा पेन्सनरहरूको सुविधा भने आधारभूत तलब वृद्धिको प्रभावअनुसार सीमित हुने देखिएको छ।

सरकारको अपेक्षा छ कि तलब वृद्धि र प्रोत्साहन भत्ताले कर्मचारीको मनोबल बढाउने, सेवा प्रवाहमा सुधार ल्याउने तथा सरकारी सेवाप्रति आकर्षण कायम राख्न मद्दत गर्नेछ।

नयाँ तलब संरचनाबाट निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, परराष्ट्र सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा विभिन्न सार्वजनिक संस्थानमा कार्यरत राष्ट्रसेवक कर्मचारी लाभान्वित हुनेछन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.