शुक्रबार, आश्विन २,२०८३ 03:48:19
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 03:48:19
Bizshala
Global IME Bank Limited

कोशी बजेट विवाद चर्कियो, संशोधन नभएसम्म पारित नगर्ने अडान, सत्तारुढ सांसदकै हस्ताक्षर अभियानले सरकार संकटमा

कोशी बजेट विवाद चर्कियो, संशोधन नभएसम्म पारित नगर्ने अडान, सत्तारुढ सांसदकै हस्ताक्षर अभियानले सरकार संकटमा
New Office

काठमाण्डौ । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सत्तापक्षकै सांसदहरूको विरोधका कारण विवादमा परेको छ।  

बजेट मन्त्रीकेन्द्रित र असन्तुलित रहेको भन्दै एमाले र कांग्रेसका सांसदहरूले संशोधनको मागसहित हस्ताक्षर अभियान चलाएका छन्।

Shivam Cement
Bizshala
CG Motors

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट पारितपछि मन्त्रिपरिषद्बाट माग सम्बोधन गर्ने आश्वासन दिएपनि असन्तुष्ट सांसदहरूले पहिले संशोधन, त्यसपछि मात्र बजेट पारितू भन्ने अडान लिएका छन्।  

उनीहरूले विगतका आश्वासन कार्यान्वयन नभएको भन्दै यसपटक लिखित र तत्काल परिणाम चाहिने बताएका छन्।

Muktinath Bikas Bank Limited

विवादका कारण प्रदेशसभा बैठक असार १६ गतेसम्म स्थगित गरिएको छ।  

सरकार पक्षले संसद्मा मन्त्रीमार्फत प्रतिबद्धता जनाएर बजेट पारित गर्ने विकल्प अघि सारेपनि असन्तुष्ट पक्षले संशोधनबिना स्वीकार नगर्ने जनाएको छ। सहमति नजुटे बैठक पुनः स्थगित हुने वा सत्तापक्षकै सांसदले विरोध गर्ने सम्भावना रहेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.